काठमाडौँ। मेयर गोपाल हमालकी छोरी भेटिएकी छन्।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सामाजिक संजालमा छोरी भेटिएको जानकारी दिएका हुन्। भारतको गोवाबाट अस्तिदेखि सम्पर्कविहीन भएकी आरती हमाल सम्पर्कमा आएकी गोपालले जानकारी गराएका छन् ।
उनले आरती गोवामा शकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको जनाएका छन् । सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाईंसँगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।’
आरती ओशोको ध्यान गर्न केही समयदेखि गोवामा बस्दै आएको बताइएको छ ।