काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन भ्रमणमा गएका छ्न। । पौडेल आज बिहान चीन प्रस्थान गरेका हुन् ।
उपाध्यक्ष पौडेल बिहान पौने १० बजे हिमालयन एयरलाइन्सकाे उडान नं. एच ९-७८७ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनका लागि उडेको बताइएको छ । उहाँ बोहाओ फोरममा भाग लिन गएका हुन।
वामपन्थी वृतमा पौडेल चीननिकट भनेर चिनिन्छन । एमाले र माओवादीको सत्ता समीकरण मिलाउन उहाँले भित्रभित्रै महत्वपूर्ण भूमिका खेलेको चर्चा हुने गर्छ ।