काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गर्नेलाई नछाडिने बताएका छन् ।
आइतबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले सहकारपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका हुन् ।
सहकारीको पैसा अपचलन गर्नेहरूको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने उनले बताए । गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरूको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए ।
चितवनमा फागु पर्व मनाउन जाने क्रममा गृहमन्त्रीले सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएकाले उक्त सहमति कार्यान्वयनमा आउने बताए । उनको भने : ‘सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचतकर्ताको पैसा फिर्ता गरिने छ ।’
फरार जिबी राईलाई पक्राउ गर्न सरकारले पूरै शक्ति परिचालन गरेको उल्लेख गर्दै राई छिट्टै पक्राउ पर्ने बताइएको छ ।