काठमाडौँ। मोरङको पथरी शनिश्चरे नगरपालिका–७ मा १५ वर्षीया किशोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धिरेन खाँ चौधरी छन् ।
गए राति धारिलो हतियार प्रयोग गरेर आरोपीले १५ वर्षीया ज्ञानुमती थुलुङ्ग राईको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जानकारी दिएको छ। पक्राउ गरिएका आरोपी किशोरीका प्रेमी भएको बताइएको छ ।