काठमाडौँ । ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएर घाइते बनाएको छ।
आइतबार प्रदेश ३ –०१००५ ख ९७५५ जुनेली यातायातको बसले ठक्कर दिँदा ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीलाई ठक्कर दिएको हो।
कोटेश्वरबाट बालकुमारी जाने क्रममा बसले ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले जानकारी दिए । घाइतेको माइतीघरस्थित अन्नपुर्ण न्युरो अस्पतालमा आइसीयुमा राखेर उपचार भइरहको छ ।
ठक्कर दिने बस चालक नवराज गिरी नियन्त्रणमा छन् ।

