काठमाडौँ – थापाथलीस्थित परोपकार स्त्री तथा प्रसुती रोग अस्पतालबाट बच्चा चोरी भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौ्रका प्रवक्ता नवराज अधिकारीका अनुसार २६ दिनको बच्चा गायब भएको भन्दै प्रहरीमा उजुरी परेको हो ।
प्रहरीका अनुसार काभ्रे घर भएकी एक महिलाको २६ दिनको बच्चा चोरी भएको जानकारी दिएको हो। अस्पतालमा उपचाररत बच्चा केहीबेर लिने भन्दै एक जना महिलाले बच्चा लिएकी र बच्चा लिएको केहीबेरमै ती महिला फरार भएकी थिइन्।
शुक्रबार दिउँसो १२ बजेतिर बच्चा चोरी भएको र अहिलेसम्म नभेटिएको प्रहरीले बताएको छ ।अस्पतालको सीसीटिभीलगायतका अन्य शंकास्पद सबै ठाँउमा प्रहरी टोली खटिइसकेको प्रवक्ता अधिकारीले बताए ।