काठमाडौँ – परिवारका तीन सदस्यको हत्या गरेर आत्महत्या गरेका राजु घिमिरेको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइने भएको छ।
उनले श्रीमती छोरी र नातिनीको हत्या गरेर आत्महत्या गरेका थिए।
नागार्जुन नगरपालिका ६ बैराग टोलमा राजुले श्रीमती ईश्वरी श्रेष्ठ, ८ वर्षकी छोरी र साढे २ वर्षकी नातिनीको हत्या गरेका थिए ।
घटनापछि उनी आफैंले आफन्तलाई फोन गरेर तीन जनाको हत्या गरेको सूचना दिएका थिए । प्रहरी वृत्त स्वयम्भूकी डीएसपी पूर्णिमा चन्दका अनुसार उनीहरू कोठाभित्रै मृत भेटिएका हुन् ।