काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको हो ।
प्रधानमन्त्री दाहालले शनिबार नै ओलीलाई फोन गर्नुभएको थियो । प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली आज बालुवाटार पुग्नु भएको थियो ।
उहाँहरूबीच प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद बैठक बोलाउने र संसद अवरोध हटाउने विषयमा छलफल भएको स्रोतले बताएको छ ।