काठमाडौं । सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक आह्वान गर्नु भएको छ । सभाापति देउवाले अपराह्न ४ बजे बस्ने गरी धुम्बाराही निवासमा पदाधिकारी बैठक बोलाउनु भएको हो ।
भोलि मुख्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकका निर्णयको तयारी गर्न सभापतिले पदाधिकारी बैठक बोलाएको देउवाको सचिवालयले बताएको छ ।
२ साउनदेखि मुख्यालय सानेपामा चलिरहेको कांग्रेस केन्द्रीय समिति बैठक सम्भवतः विभिन्न निर्णय गर्दै भोलि समापन हुँदै छ । धुम्बाराही बैठकमा केन्द्रीय समिति बैठकको निर्णयबारे छलफल हुने बुझिएको छ ।