×
आइतबार, साउन ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा

जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

  • २. गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

  • ३. भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

  • ४. बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

  • ५. देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

  • ६. आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

  • ७. एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

  • ८. जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

  • ९. मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरू

  • १०. विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ :महामन्त्री थापा

नेपालमा डेङ्गी देखापरेको १९ वर्षपछि सरकारले बनायो रोकथाम र नियन्त्रणको कार्ययोजना


  •   बुधबार, साउन ०३, २०८० मा प्रकाशित
  • काठमाण्डौ । नेपालमा डेङ्गी देखापरेको १९ वर्षपछि सरकारले कार्ययोजना बनाएर लागू गरेको छ । अहिलेसम्म रोग नियन्त्रणका कार्यक्रम गर्दै आएको भएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाएर लागू गरेको यो पहिलो पटक हो । डेङ्गी नियन्त्रणका लागि वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.रुद्र मरासिनीले जानकारी दिनुभयो ।

    Advertisement

    धेरै जोखिम रहेका ९२ वटा पालिकामा एक्शन प्लानसहित विशेष सर्कुलर जारी गरेको उहाँको भनाइ छ । सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, पालिका तथा रेडक्रसलगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको भूमिकाका बारेमा स्पष्ट पारिएको छ ।
    डा. मरासिनीका अनुसार नेपालमा सन् २००४ देखि अहिलेसम्म १९ वर्षको अवधिमा ८३ हजार ६ सय ८१ जनामा डेङ्गीको संक्रमण भएको छ । यसवर्ष असारसम्ममा २ हजार ९ सय ३० जनामा संक्रमण देखिएको छ । डेङ्गीको संक्रमण रोकथामका लागि संघ, प्रदेश र पालिकाबिच समन्वय भइरहेको पनि उहाँको भनाइ छ ।

    सरकारको प्राथमिकतामा लामखुट्टे बस्ने ठाउँ खोजी र नष्ट, घरआँगन, कार्यालय वरीपरी पानी जमेको ठाउँ पहिचान गरी सरसफाइ गर्ने रहेको पनि उहाँले बताउनुभयो । डा. मरासिनीका अनुसार लामखुट्टेको वृत्तिविकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुने गर्छ ।

    उहाँले मनसुनसँगै डेङ्गीका बिरामीको संख्या पनि बढेको बताउनुभयो । डेङ्गी एक जना संक्रमित बिरामीबाट अर्को बिरामीमा लामखुट्टेको माध्यमबाट सर्ने गर्छ । डा.मरासिनीले सरकार अहिले डेङ्गी रोकथाममा गम्भीर भएर लागेको बताउनुभयो ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले डेङ्गी रोकथामका लागि ‘लार्भा खोज र नष्ट’ अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।ग्यारेजमा फालिएका टायर, ड्रम, खाल्डाखुल्डीमा जमेको पानी डेङ्गी फैलाउने लामखुट्टेका बासस्थान मानिन्छ ।

    तराईबाट पहाड हुँदै अहिले हिमालमा पनि डेङ्गीका संक्रमित देखिन थालेका डाक्टरले बताएका छन् । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे सर्ने वातावरण सृजना नगर्नु नै यो रोग रोकथामको मुख्य उपाय रहेको डा. पुनको भनाइ छ । डेङ्गी संक्रमण भएमा ज्वरो आउने, टाउको जीउ दुख्ने, वाकवाकी लाग्नेलगायतका लक्षण देखिन्छ ।

    यस्ता लक्षण देखिएमा अस्पताल जान र रगत जाँच गर्न तथा डाक्टरको सल्लाह अनुसार घरमै आराम या उपचार गर्न पनि डा.पुनको सुझाव छ ।

    बुधबार, साउन ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा
    रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी
    बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ
    एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द
    आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन
    नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    • २.
      गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

    • ३.
      भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    • ४.
      बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

    • ५.
      देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

    • ६.
      आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

    भर्खरै

    • १.
      रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा

    • २.
      जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

    • ३.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    • ४.
      बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

    • ५.
      एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

    • ६.
      आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

    • ७.
      नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

    • ८.
      भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.