• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, फागुन १५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

लोकप्रिय समाचार

  • १. कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

  • २. पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

नेपालमा डेङ्गी देखापरेको १९ वर्षपछि सरकारले बनायो रोकथाम र नियन्त्रणको कार्ययोजना

  •   बुधबार, साउन ०३, २०८० मा प्रकाशित
  • काठमाण्डौ । नेपालमा डेङ्गी देखापरेको १९ वर्षपछि सरकारले कार्ययोजना बनाएर लागू गरेको छ । अहिलेसम्म रोग नियन्त्रणका कार्यक्रम गर्दै आएको भएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाएर लागू गरेको यो पहिलो पटक हो । डेङ्गी नियन्त्रणका लागि वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.रुद्र मरासिनीले जानकारी दिनुभयो ।

    Advertisement

    धेरै जोखिम रहेका ९२ वटा पालिकामा एक्शन प्लानसहित विशेष सर्कुलर जारी गरेको उहाँको भनाइ छ । सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, पालिका तथा रेडक्रसलगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको भूमिकाका बारेमा स्पष्ट पारिएको छ ।
    डा. मरासिनीका अनुसार नेपालमा सन् २००४ देखि अहिलेसम्म १९ वर्षको अवधिमा ८३ हजार ६ सय ८१ जनामा डेङ्गीको संक्रमण भएको छ । यसवर्ष असारसम्ममा २ हजार ९ सय ३० जनामा संक्रमण देखिएको छ । डेङ्गीको संक्रमण रोकथामका लागि संघ, प्रदेश र पालिकाबिच समन्वय भइरहेको पनि उहाँको भनाइ छ ।

    सरकारको प्राथमिकतामा लामखुट्टे बस्ने ठाउँ खोजी र नष्ट, घरआँगन, कार्यालय वरीपरी पानी जमेको ठाउँ पहिचान गरी सरसफाइ गर्ने रहेको पनि उहाँले बताउनुभयो । डा. मरासिनीका अनुसार लामखुट्टेको वृत्तिविकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुने गर्छ ।

    उहाँले मनसुनसँगै डेङ्गीका बिरामीको संख्या पनि बढेको बताउनुभयो । डेङ्गी एक जना संक्रमित बिरामीबाट अर्को बिरामीमा लामखुट्टेको माध्यमबाट सर्ने गर्छ । डा.मरासिनीले सरकार अहिले डेङ्गी रोकथाममा गम्भीर भएर लागेको बताउनुभयो ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले डेङ्गी रोकथामका लागि ‘लार्भा खोज र नष्ट’ अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।ग्यारेजमा फालिएका टायर, ड्रम, खाल्डाखुल्डीमा जमेको पानी डेङ्गी फैलाउने लामखुट्टेका बासस्थान मानिन्छ ।

    तराईबाट पहाड हुँदै अहिले हिमालमा पनि डेङ्गीका संक्रमित देखिन थालेका डाक्टरले बताएका छन् । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे सर्ने वातावरण सृजना नगर्नु नै यो रोग रोकथामको मुख्य उपाय रहेको डा. पुनको भनाइ छ । डेङ्गी संक्रमण भएमा ज्वरो आउने, टाउको जीउ दुख्ने, वाकवाकी लाग्नेलगायतका लक्षण देखिन्छ ।

    यस्ता लक्षण देखिएमा अस्पताल जान र रगत जाँच गर्न तथा डाक्टरको सल्लाह अनुसार घरमै आराम या उपचार गर्न पनि डा.पुनको सुझाव छ ।

    बुधबार, साउन ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !
    अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद
    ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला
    सुनको मूल्य घट्यो,कारोबार कतिमा?
    दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन

    Facebook Page

    लोकप्रिय

    • १.
      कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

    • २.
      पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

    भर्खरै

    • १.
      पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

    • २.
      कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

    • ३.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • ४.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ५.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ६.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ७.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ८.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.