काठमाडाैं । सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली अर्पण गरेका छन् । बुधवार दिउँसो ट्वीट गर्दै मोदीले दिवंगत आत्माको चीर शान्तिका लागि कामना गरेका हुन् ।
नेपाली भाषामै लेखिएको ट्वीटमा मोदीले भनेका छन्– ‘श्रीमती सीता दाहालको दुःखद् निधन भएको खबरले मर्माहत भएको छु । @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति !’