काठमाडौँ । आफ्नै साथीको हत्या गरेको आरोपमा भोजपुरमा ६ जना पक्राउ परेका छन् । भोजपुर नगरपालिका–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घटना गएको २२ गते शुक्रवार भए पनि हिजो मात्रै थाहा पाएको जिल्ला प्रहरी कार्यालय भोजपुर जानकारि दिएको छ । हिजो आफन्तले प्रधान हराएको भन्दै खोजीकका लागि उजुरी दिएका थिए । उहाँका अनुसार ज्यान गुमाएका प्रधानको शव अखुवा खोला बगरमा पुरेको अवस्थामा भेटिएको छ ।
प्रधानको हत्या गरी शव पुरेको हुन सक्ने प्रहरीको अनुमान छ । हत्या आरोपमा पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ । प्रहरीले उनीहरुलाई गएराति भोजपुरकै विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।