काठमाडौँ । उपसभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यमा नेपाल स्काउटले आज जुलाई ४ देखि ७ सम्म आयोजना गरेको कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ । नेपाल स्काउट बालबालिका तथा युवा वर्गलाई विश्व स्काउटको सिदान्त र मान्यता अनुरुपको अभियानमा सहभागि गराई तिनिहरुको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक भावनाको विकास गरि उनिहरुलाई स्वावलम्वि र चरित्रवान बना२ सेवाको भावना अभिवृद्दि र विकासका कार्यमा सहभागि गराउन स्थापना भएको एक संस्था हो ।
विश्व स्काउट संगठनले आप्ना सदस्य राष्ट्रहरुमा बालबालिका तथा युवाहरुको सर्वपक्षिय विकासका लागि विविध कार्यक्रम र गतिविधिहरु गर्दै आएको छ । यस्तै कार्यक्रम अन्तर्गत scout for SDGS कार्यक्रम विश्व स्काउट संगठन को एक महत्वपुर्ण कार्यक्रम हो । यो विश्वभरि आफ्नो सञ्जाल निर्माण गर्न केन्द्रित रहेको छ । यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरुकऊो आयोजनाले संस्थागत क्षमतामा वृद्दि तथा पर्यटन प्रवर्दन गराउन महत्वपुर्ण योगदान पुग्ने गर्छ । यस कार्यक्रमले एशिया प्रशान्त क्षेत्रमा रहेका सदस्य राष्ट्रहरुवीच कुटनितिक र सौहार्दपुर्ण सम्बन्ध थप मजवुद गर्नुका साथै आपसि भाईचारा बढाउने भएकाले यसको प्रमुख अतिथिका रुपमा उपसभामुख ईन्दिरा राना मगरलाई निमन्त्रणा गरिएको थियो । पछिल्लो समय उपसभामुख ईन्दिरा रानाले बालबालिका, महिला शसक्तिकरण र समाज कार्य जस्ता विषयमा विषेश जोड दिँदै आउनु भएको छ । उहाँले सामाजिक कार्य गर्नका लागि मन र समय भए हुने पैसा नै सर्पोपरि नहुने बताउनु भएको छ ।
उपसभामुखले उद्घाटन गर्नु भएको यस कार्यक्रममा विभिन्न राष्ट्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो । उपसभामुख ईन्दिरा राना मगरको विषेश उपस्थितिले प्रतिनिधि पर्यवेक्षकहरु उत्साहित हुनुका साथै कार्यक्रमको गरिमा नै बढेको थियो । उहाँले आफ्नो जिवन कहानि र सङ्घर्ष समेत सुनाउनु भएको थियो । उहाँको बक्तव्यका क्रममा सबैजना हर्षित बनि तालि पनि बजाएका थिए ।

