काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेको छ । महानगर प्रमुख बालेन्द्र शाह बालेनले एक सूचना जारी गर्दै महानगर व्यवस्थित पार्ने र प्राचिन सम्पदाहरूको संरक्षण गर्ने हेतुले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरिएको जानकारी दिएका छन् ।
उनले सम्पदाहरूको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेकोले परिसरभित्र सवारी साधन निषेध गरिएको प्रष्ट पारेका छन् । पछिल्लो समय सहरी विकासलाई प्राथमिकतामा राखेर विभिन्न काम गर्दै आएका मेयर बालेन चमत्कारिक काम दिन प्रतिदिन गरिरहेका छन् । उनले सडकका पेटि तथा पुलका छेउहरुमा विविन्न प्रजातिका फुलहरु रोपेर ढकमक्क बनाएका छन् । हरेक दिन नयाँ कामको सुरुवात गर्ने बालेनको यतिबेला चौतर्फी चर्चा चुलिएको छ ।

