काठमाडौँ । अमेरिकामा एउटा पार्टीमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । मेरिल्यान्ड राज्यको बाल्टिमोर शहरमा आइतबार बिहानै सडकमा पार्टी आयोजना भएको थियो । सबैजना रमाइलो गरिरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
मृत्यु भएका दुई जना १८ र २० वर्षका युवती हुन् । घाइते हुने २८ जनामध्ये १४ जना १८ वर्षभन्दा मुनिका छन् । बाल्टिमोर प्रहरीका अनुसार यस घटनामा बन्दुक चलाउने व्यक्तिको खोजी भइरहेको छ ।
धेरै व्यक्तिलाई शंकाको घेरामा राखेर अनुसन्धान भइरहेकाले मुख्य अपराधी को हुन् भनेर पत्ता लाग्न सकेको छैन । फक्स ४५ टेलिभिजनका अनुसार प्रत्यक्षदर्शीले २० देखि ३० राउन्ड गोली प्रहार भएको सुनेका छन् ।
अमेरिकामा बन्दुक सहजै खरिद गर्न सकिने भएकाले त्यहाँ बन्दुक हिंसाका घटना दिनहुँ भइरहन्छन् ।

