काठमाडौं । अलिबाबाका संस्थापक एवं चिनियाँ अर्बपति ज्याक मा नेपालको तीनदिने बसाइपछि पाकिस्तान उड्नु भएको छ । ज्याकमा मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चार्टर गरेर नेपाल आउनु भएको थियो ।
विमान चार्टर गरेर नेपाल आउनुभएका ज्याक मा आज बिहान ११ः२५ को उडानमा पाकिस्तानको लाहोरका लागि उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताउनु भयो ।
ज्याक मासँग ६ जना अन्य सदस्य पनि नेपाल आएका थिए । ज्याकमा ३ दिनको टुरिस्ट भिसा लिएर नेपाल आएको बताइएको छ ।