काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सांसद विकास कोष ब्युँताएपछि कटाक्ष गर्नु भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत उहाँले सो कोषको रकम पाउने भएपछि सांसदहरू वडाध्यक्षको तहमा आएको उल्लेख गर्नु भएको हो ।
उहाँले भन्नुभएको छ –‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरू ।’

