• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, फागुन १४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

लोकप्रिय समाचार

  • १. कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

  • २. पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

कानुनको धज्जि उडाएर अपराधिलाई उन्मुक्ति दिलाउदै प्रचण्ड सरकार

  •   सोमबार, जेठ १५, २०८० मा प्रकाशित
  • काठमाडौँ । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका पूर्वसांसद रेशम चौधरी जेलमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट बाँकी कैद माफी पाएपछि उनी छुटेका हुन् । डिल्लीबजार कारागारबाट निस्किँदा उनलाई समर्थकले भव्य स्वागत गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरी छुट्ने भएपछि आज बिहानैदेखि कारागार परिसरमा भिड लागेको थियो ।

    Advertisement

    टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन् । चौधरी छुटाउनलाई प्रण्ड सरकारले ठुलै प्रयास गर्यो । सत्ता टिकाउनका निमित्त हत्यारालाई आम माफी दिएर प्रचण्ड ले पनि अपराध गरेको जनताले आरोप लगाएका छन् । त कुटेजस्तो गर म रोए जस्तो गर्छु भने झै राष्ट्रपतिले आममाफिका लागि आएको प्रतिवेदन फिर्ता पठाए झै पनि गरे । पुन सत्ताको योजना अनुसार वैठक बस्यो र चौचरीले आजादि पाईहाले ।

    २०७२ भदौमा सुदूरपश्चिममा थरूहट संघर्ष समितिले आन्दोलन चर्काउँदा भएको झडपमा आन्दोलनकारीको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक दुधे बालकको ज्यान गएको थियो । मुलुक संघीयतामा जाँदा अलग्गै थरुहट प्रान्तको माग गर्दै भएको संघर्ष हिंसात्मक बनेपछि भएको सो घटनामा सरकारले ५८ जनाविरुद्ध मुद्दा चलाएको थियो ।

    आन्दोलनको नेतृत्व गरेका चौधरीलाई सरकारले घटनाको मुख्य योजनाकारको रुपमा मुद्दा चलाएको थियो । घटनापछि फरार रहेका उनले फरार रहेकै अवस्थामा २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएर कैलाली–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । उनले शपथ लिन नपाउँदै प्रहरीले पक्राउ गरी जेल चलान गरेको थियो । त्यही बेलादेखि चौधरी रिहाइको विषयले सत्ता राजनीतिको जोडघटाउमा प्राथमिकता पाउँदै आएको छ । विभिन्न सरकारका पालामा चौधरीलाई लगाएको मुद्दा फिर्ता लिन पटक-पटक सहमति र कानुनमा संशोधनसमेत भएको छ । हत्यारालाई छुटाउन सरकार नै लागि परेको र अन्तत सफल भएको जनताहरु गुनासोगर्छन् ।

    राजनीतिक मुद्दालाई अपराधको रुपमा हेरिएको तर्क गर्दै आफूलाई न्याय दिन माग गर्दै आएका चौधरीले आफू जनता समाजवादी पार्टीमा रहँदा मुद्दा फिर्ता गराउन पहल गरेका थिए । पछि उनले आफ्नै निर्देशनमा श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ति पार्टी दर्ता गरे। गत निर्वाचनमा कैलालीमा पहिलो दल बनेको नागरिक उन्मुक्ति अहिले प्रदेश र संघ दुवैतर्फ सत्ता गणितमा निर्णायक अवस्थामा छ । रेशम रिहाइलाई प्रमुख मुद्दा बनाएको उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत छिन् ।

    रेशमलाई जन्मकैदको सजाय हुने गरी जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले गरेको फैसलालाई यही जेठ दुई गते सर्वोच्च अदालतले सदर गरेको छ । तर सजाय सदर भएको दुई साता नबित्दै चौधरी जेलबाट छुटेका छन् । अमुक पार्टिको व्यक्तिलाई राष्ट्रपति बनाएर फैसला उल्टाउन मिल्छ भने किन चाहियो न्यायलय । कानुन र अदालतलाई टेकेर सरकारले सत्ता कै लागि यो पाप गरेको आम नागरिक बताँउछन् । न्याय लयमा नै यसरी हसतक्षप हुन्छ भने नागरिकले कुन आधारमा अदालतलाई विश्वास गर्ने भन्ने प्रश्न उब्जिएको छ । ७ वर्षसम्म न्यायका लागि एक्लै लडेका पिडित परिवारलाई सरकारले लात मारेको छ । सत्ता र सक्तिको आडमा हत्यारा छुटान सरकारले गरेको यो प्रयासले निमुखा नेपाली जनताको श्राप लाग्ने जनसमुदायमा आवाज उठ्छ । यो गणतन्त्र रेसम चौधरी जस्ता हत्यारालाई फाब्नलाई आएको गणतन्त्र निमुखा जनताका लागि आएको हैन रहेछ भन्ने जनताले बुझेका छन् । जनता र देश मारेर नेताले रजाई गर्न तोकिएको दिनको जनताले सुभकामना बाँडेका छन् ।

    सोमबार, जेठ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !
    अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद
    रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल
    निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह
    नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    Facebook Page

    लोकप्रिय

    • १.
      कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

    • २.
      पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

    भर्खरै

    • १.
      पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

    • २.
      कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

    • ३.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • ४.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ५.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ६.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ७.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ८.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.