काठमाडौं । दैलेखको आठविस नगरपालिका ६ मा पर्ने माल्या जंगलमा भएको आगलागीमा परि घाइते भएका नौ जनामध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ६ का ३७ वर्षीय भिमबहादुर बिक रहनु भएको छ।
उहाँलाई बुधबार उपचारका लागि नेपालगन्ज लगिएको थियो । भेरी अस्पताल नेपालगन्जमा उपचारकै क्रममा उहाँको मृत्यु भएको उपचारमा गएका सहयोगीले जानकारी दिनु भएको छ।
अन्य घाइतेहरुमध्ये तीन जनाको भेरी अस्पताल र पाँच जनाको नसिंगहोममा उपचार भइरहेको छ । मिना वि.क., जुना विक, प्रकाश विक, नैना विक, जौकला विक, भैरे विक, प्रज विक, नवीन विकको उपचार भइरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको कामका लागि वडा नं. ६ को गोरेटो बाटो निर्माणका लागि गएका १० जनामध्ये आगोमा परेर नौ जना गम्भीर घाइते भएका थिए ।
घाइतेमध्येका गम्भीर आगलागीमा परेका नौ जनालाई हेलिकप्टरमार्फत बुधबारनै थप उपचारका लागि नेपालगन्ज लगिएको थियो ।