काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बन्नु भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गर्नु भएको थियो ।
सभामुखले समय नदिएपछि त्यसको विरोधमा उहाँले सर्ट र गञ्जी खोलेर विरोध जनाउनु भएको छ । संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गर्नु भएको छ ।