काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँ पुगेको हो ।
बुधवार सुनको मूल्य तोलामै एक हजार ८०० सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय रुपैयाँ थियो ।बुधबार तेजावी सुनको मूल्य भने प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले मात्रै बढेको छ ।मंगलवार चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम भएकोमा बुधवार १४ सय २५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाएको छ ।