• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, पुष ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ८. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ९. ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

  • १०. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

लोकसेवा आयोगको सर्भरमा हरायो परीक्षार्थीका डाटा


  •   सोमबार, बैशाख १८, २०८० मा प्रकाशित
  • काठमाडौं । लोकसेवा आयोगले परीक्षार्थीले दिएको आवेदनको डाटा हराएपछि पुनः दरखास्त माग गर्ने भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्टिङ भएर रहेको आयोगको सर्भरमा आवेदकको डाटा हराएपछि पुनः दरखास्त मागिने भएको हो । आयोगले दरखास्त दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान गरी थप दस्तुर तिर्न नपर्ने गरी पुनः दरखास्त दिन आह्वान गर्दै नयाँ परीक्षा कार्यक्रम प्रकाशन गरिने बताएको छ ।

    Advertisement

    ‘पूर्वप्रकाशित उक्त विज्ञापनमा दरखास्त दस्तुर तिरेको विवरण आयोगसँग सुरक्षित रहेकाले त्यसैका आधारमा दरखास्त दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान गरी थप दस्तुर तिर्न नपर्ने गरी पुनः दरखास्त दिन आह्वान गर्ने र परीक्षा कार्यक्रम परिमार्जन गरी यथाशीघ्र नयाँ परीक्षा कार्यक्रम प्रकाशन गर्ने प्रक्रियामा आयोग छ। आगामी दिनमा यस किसिमको समस्या आउन नदिन ठोस कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ,’ आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    लोकसेवा आयोगबाट प्रकाशन हुने विज्ञापनमा दरखास्त दिने उम्मेदवारको सहजता र आयोगको प्रशासनिक तथा व्यवस्थापकीय कार्य छिटोछरितो सम्पादन गर्न २०७१ देखि पब्लिक सर्भिस रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम (पीएसआरएमएस) अनलाइन प्रणाली सरकारी एकीकृत डाटा सेन्टरको पूर्वाधारमा होस्ट गरी सञ्चालन गर्दै आएको आयोगले जनाएको छ।

    यस प्रणालीबाट आयोगको कार्यसम्पादन प्रभावकारी बन्नुका साथै उम्मेदवारले दरखास्त पेस गर्ने, परीक्षा दस्तुर तिर्ने र प्रवेशपत्र प्रिन्ट गर्नेलगायत सेवा सहज रूपमा प्रयोग गर्दै आएकामा गत २३ फागुनदेखि जीआईडीसीको स्टोरेज प्रणालीमा देखिएको समस्याले आयोगको अनलाइन प्रणाली अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

    आयोगका अनुसार २०७९ मंसिरमा प्रकाशित राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सोसरहको पदको विज्ञापन, पुसमा प्रकाशित राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिक नायब सुब्बा वा सोसरह पदको विज्ञापन र माघमा प्रकाशित राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) नायव सुब्बा वा सोसरह र स्वास्थ्य सेवातर्फ पाँचौँ तहको पदको विज्ञापनमा पेस भएका दरखास्तसम्बन्धी विवरणमा आयोगले पहुँच पाउन सकेको छैन।

    गत २३ फागुनको उक्त घटनापछि जीआईडीसी सञ्चालन गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले डाटा रिकभरीको प्रयास जारी राखेको र जीआईडीसीकै अर्को पूर्वाधारमा होस्ट गरी आयोगले अनलाइन दरखास्त प्रणाली सञ्चालन गरिरहेको छ ।

    डाटा रिकभरीको प्रयास जारी रहे पनि राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट कहिलेसम्ममा कति डाटा रिकभर हुन्छ भन्ने यकिन नभएको जानकारी आयोगलाई प्राप्त हुन आएकाले यस विषयलाई गम्भीरतापूर्वक लिई पूर्वप्रकाशित उक्त विज्ञापनका परीक्षा सञ्चालन गर्न वैकल्पिक योजनामा काम गरिरहेको आयोगका प्रवक्ता तोयानारायण सुवेदीले बताउनु भयो ।

    सोमबार, बैशाख १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए
    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • २.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • ५.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ६.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    • ७.
      भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

    • ८.
      कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.