काठमाडौं । काठमाडौंस्थित नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको पर्खाल भत्किएको छ । आइतबार आज करिब दुई बजेपछि सो अस्पतालको पर्खाल भत्किएको हो । अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएको छ ।
पर्खाल भत्किँदा चार जना घाइते भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।