काठमाण्डाै । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा एक लाख ९ हजार ६ सय रुपैयाँ रहेको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।