काठमाडौँ । सर्लाहीको सदरमुकाम मलंगवामा शुक्रबार बिहान ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका तीन जना घाइते हुनु भएको छ । मलंगवा नगरपालिका १० मा कोठा भाडामा लिई बस्दै आउनु भएका ४० वर्षीय अहमद मन्सुरीको कोठामा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको हो । कोठामा आगो सल्कँदा ९ महिनाको छोरीसहित अहमद र उहाँकी श्रीमती काजुल मन्सुरी जलेर घाइते हुनु भएको छ ।
घटनालगत्तै पुगेको प्रहरी टालीले मन्सुरी परिवारलाई उद्धार गरी मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याएको थियो । चिकित्सकका अनुसार उहाँहरूको शरीरको १५ प्रतिशत भाग जलेको छ ।