काठमाण्डाै । सुनको भाउ आज सामान्य घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँ रहेको छ।
यो भाउ हिजोको भन्दा तोलामा एक सय रुपैयाँ सस्तो भएको हो । आज चाँदीको भाउ भने स्थिर अवस्थामा छ । हिजो जस्तै चाँदी आज तोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।