काठमाडाैं । नेकपा एमाले ले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा अवान्छित क्रियाकलाप गरिएको भन्दै आपत्ति जनाएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर एमाले प्रमुख सचेतक पदम गिरीले सत्ता पक्षले प्रतिपक्षलाई जिस्काउने काम गरेको आरोप लगाउनु भयो ।
झापाको बुधबारेस्थित अध्यक्ष ओली सहभागी एउटा कार्यक्रम स्थलबाहिर होहल्ला गरेर अवान्छित गतिविधि भएको गिरीको भनाइ छ । ‘एमालेको नेतृत्व कार्यक्रममा जाँदा ढुंगामुडा गरेर कार्यक्रम भाड्ने कोसिस गरिएको छ । सत्ता पक्षकै कार्यकर्ता मुठभेडमा उत्रिएका छन’ गिरीले भन्नुभयो, ‘प्रतिपक्षमा बसेर अन्यास सहनु पर्ने कारण छैन, प्रतिपक्षलाई लाई जिस्काएर सत्ता पक्षले के गर्न खोजेको हो ?’
ओली पूर्वी जिल्लाका कार्यक्रममा सहभागी हुन बुधबार झापा पुग्नु भएको छ ।