काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरू हुँदै गर्दा ७७ वटै जिल्लामा पुस्तक पुगेको छ । मंगलबारसम्म देशभरका सबै जिल्लामा पुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बताएको छ । १ करोड ३५ लाख थान पुस्तक जिल्लामा पुगिसकेको र अब ५ लाख थान पुस्तक जाने अनुमान गरिएको छ । चालु शैक्षिक सत्रका लागि १ करोड ५० लाख थान पुस्तक छापिएको थियो ।
शैक्षिक सत्र सुरू हुनुभन्दा अघि नै जिल्लामा पुस्तक पुगेको यो पहिलो पटक हो । वैशाख १५ गतेसम्म भर्ना अभियान चल्ने छ । यसपटक पुस्तक छाप्ने मेसिन खरिद र जनशक्ति बढाइएका कारण समयमा पुस्तक जिल्लामा पुग्नसकेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ ।