• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, कार्तिक २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

१८२ सिट जित्दैमा अहंकार देखाउने छुट कसैलाई छैन :रबि लामिछाने !

पार्टीभन्दा देश जोगाउने कुरा फरक हुन्छ : बालेन

न्यायाधीश नियुक्ति विवाद : उजुरीकर्तासँग आज छलफल

टीआरसी ऐन कार्यान्वयनमा ढिलाइबारे संसदीय उपसमितिको निष्कर्ष

नेपाल लोकतान्त्रिक खेलकुद संघमा प्रधानको नेतृत्व

जनता जोगाउन बजेट दोस्रो कुरा हो, पहिलो प्राथमिकता सुरक्षा : रवि लामिछाने

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

लोकप्रिय समाचार

  • १. ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

  • २. समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

  • ३. लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

  • ४. एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

  • ५. गाँजा खेती खुला गर्ने कानुनी व्यवस्था बनाउन सर्वोच्चको आदेश

  • ६. हामी नै स्टेट हौँ र मेरो इच्छा नै कानुन हो भन्ने भ्रम सरकारले नपाले हुन्छ : गगन थापा

  • ७. नेपाल लोकतान्त्रिक खेलकुद संघमा प्रधानको नेतृत्व

  • ८. जनता जोगाउन बजेट दोस्रो कुरा हो, पहिलो प्राथमिकता सुरक्षा : रवि लामिछाने

  • ९. पृथ्वी राजमार्ग सोमबार दिउँसो ३ घण्टा बन्द रहने

  • १०. न्यायाधीश नियुक्ति विवाद : उजुरीकर्तासँग आज छलफल

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५ करोड ६० लाख


  •   आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित
  • काठमाडौं । निर्माण क्षेत्रमा क्रियाशील हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स प्रा.लि. (एचबिई) ले पछिल्ला वर्षहरूमा आफ्नो वित्तीय प्रदर्शनमा सुधार देखाएको छ । सन् १९८५ मा स्थापना भएको कम्पनी निजी क्षेत्रका परियोजनामा केन्द्रित रहँदै आएको छ । रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिबेदन अनुसार सन् २०२१ मा १ अर्ब ५३ करोड रुपैयाँ रहेको सञ्चालन आम्दानी सन् २०२५ सम्म आइपुग्दा बढेर १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामा मात्रै ६५ करोड ६० लाख रुपैयाँ आम्दानी भएको देखिएको छ ।

    Advertisement

    नाफाको सूचक ओपीबीडीआईटीए मार्जिन पनि क्रमशः सुधार हुँदै गएको छ । सन् २०२१ र २०२२ मा ४.५ प्रतिशत रहेको यो सूचक सन् २०२५ मा ६.५ प्रतिशत पुगेको छ भने चालु वर्षको पहिलो अर्धवार्षिक अवधिमा ७.५ प्रतिशत पुगेको छ ।

    कम्पनीको बाह्य दायित्व र नेटवर्थको अनुपात भने घट्दो क्रममा देखिएको छ, जसले वित्तीय जोखिम कम हुँदै गएको संकेत गर्छ । सन् २०२३ मा ३.५ गुणासम्म पुगेको यो अनुपात सन् २०२५ मा ३.० र २०२६ को पहिलो छ महिनामा १.७ मा झरेको छ ।
    त्यसैगरी, कार्यशील पूँजी सूचकमा पनि सुधार देखिएको छ । सन् २०२१ मा ३२ प्रतिशत रहेको नेट वर्किङ क्यापिटल सन् २०२६ को पहिलो छ महिनामा २ प्रतिशतमा पुगेको छ । करेन्ट रेसियो पनि ०.९ बाट बढेर १.२ पुगेको छ । बैंक, अस्पताल, होटल र शैक्षिक संस्थाजस्ता ग्राहकसँग काम गर्दै आएको कम्पनीले आवासीय तथा व्यावसायिक भवन निर्माण, डिजाइन–बिल्ड र मर्मतसम्भार सेवामा आफ्नो उपस्थितिलाई विस्तार गर्दै आएको जनाएको छ ।

    यद्यपि, कम्पनीको राजस्व सुनिश्चितता कमजोर बन्दै गएको छ । सन् २०२५ को मध्यसम्म बाँकी काम (अर्डर बुक) वार्षिक आम्दानीको करिब ०.९ गुणामा सीमित भएको छ, जुन अघिल्लो वर्ष १.१ गुणा थियो । छोटो परियोजना अवधि, सीमित भौगोलिक विस्तार र प्रतिस्पर्धी बजारका कारण नयाँ काम प्राप्तिमा दबाब पर्ने देखिएको छ ।

    प्रतिबेदन अनुसार तरलता पक्षमा पनि केही चुनौती देखिएका छन् । नेट वर्किङ क्यापिटल –४ प्रतिशतमा सीमित छ भने बाह्य दायित्व र नेटवर्थ अनुपात करिब ३ गुणा रहेको छ । उच्च लाभांश वितरण (करिब ८० प्रतिशत) का कारण नगद सञ्चिति घटेको छ, जसले भविष्यमा तरलता दबाब बढाउन सक्छ ।

    यसैबीच, कम्पनीको लेखा परीक्षण प्रतिवेदनले कर्मचारी सुविधा सम्बन्धी नियम पालना नगरेको र आम्दानी मान्यता सम्बन्धी नेपाल लेखा मापदण्ड उल्लङ्घन भएको औंल्याएको छ । यसले सम्भावित दायित्व सिर्जना गर्न सक्ने जोखिम देखाएको छ ।

    आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पार्टीभन्दा देश जोगाउने कुरा फरक हुन्छ : बालेन
    न्यायाधीश नियुक्ति विवाद : उजुरीकर्तासँग आज छलफल
    टीआरसी ऐन कार्यान्वयनमा ढिलाइबारे संसदीय उपसमितिको निष्कर्ष
    नेपाल लोकतान्त्रिक खेलकुद संघमा प्रधानको नेतृत्व
    जनता जोगाउन बजेट दोस्रो कुरा हो, पहिलो प्राथमिकता सुरक्षा : रवि लामिछाने
    एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

    Facebook Page

    लोकप्रिय

    • १.
      ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

    • २.
      समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

    • ३.
      लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

    • ४.
      एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

    • ५.
      गाँजा खेती खुला गर्ने कानुनी व्यवस्था बनाउन सर्वोच्चको आदेश

    • ६.
      हामी नै स्टेट हौँ र मेरो इच्छा नै कानुन हो भन्ने भ्रम सरकारले नपाले हुन्छ : गगन थापा

    भर्खरै

    • १.
      १८२ सिट जित्दैमा अहंकार देखाउने छुट कसैलाई छैन :रबि लामिछाने !

    • २.
      पार्टीभन्दा देश जोगाउने कुरा फरक हुन्छ : बालेन

    • ३.
      न्यायाधीश नियुक्ति विवाद : उजुरीकर्तासँग आज छलफल

    • ४.
      टीआरसी ऐन कार्यान्वयनमा ढिलाइबारे संसदीय उपसमितिको निष्कर्ष

    • ५.
      नेपाल लोकतान्त्रिक खेलकुद संघमा प्रधानको नेतृत्व

    • ६.
      जनता जोगाउन बजेट दोस्रो कुरा हो, पहिलो प्राथमिकता सुरक्षा : रवि लामिछाने

    • ७.
      एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

    • ८.
      लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.