• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

गुराँसको राजधानीमा पर्यटकको चाप, होटल संकट सतहमा


  •   मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
  • धनकुटा । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तीनजुरे-मिल्के-जलजले (टीएमजे) क्षेत्र यतिबेला रंगीचंगी गुराँस ढकमक्क फुलेर दुलहीझैं सिंगारिएको छ । वसन्त ऋतुको आगमनसँगै प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण बनेको यस क्षेत्र अहिले पर्यटकले खचाखच भरिएको छ । गुराँसको राजधानीका रूपमा चिनिने टीएमजेमा बढी मात्रामा आन्तरिक र कम मात्रामा बाह्य पर्यटकहरूको घुइँचो लाग्दा होटलहरू भरिभराउ भएका छन् भने हजारौं पर्यटक बास नपाएर फर्किन बाध्य भएका छन् ।

    Advertisement

    तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगमस्थलका रूपमा रहेको टीएमजे क्षेत्रमा चैत महिनाको मध्यदेखि वैशाखसम्मको समय भ्रमणका लागि सबैभन्दा उपयुक्त मानिन्छ । चैतदेखि जेठसम्मको अवधिमा फुल्ने गुराँसले जंगललाई रंगीन बनाउने गुराँसले पहाडलाई राताम्य, पहेँलो, गुलाबी र सेताम्य रंगले सजाउँछ । तेह्रथुमको वसन्तपुरबाट सुरु हुने टिएमजेको घुर्बिसे, पाँचपोखरी, फेदी, चौकी, मंगलबारे, गुफा, सुके, जोरपोखरी हुँदै ताप्लेजुङसम्म फैलिएको छ । यस क्षेत्रमा पाइने गुराँसका बन, बीच–बीचमा भेटिने लामपोखरी, गुफापोखरी लगायत साना–ठूला पोखरीले पर्यटकलाई थप लोभ्याउने गर्छन् ।

    गुराँस फुलेसँगै बसन्तपुर चोत्लुङ पार्कदेखि टुटे देउराली, आरआर गार्डेन, डुँडपानी, घुर्बिसे, पाथिभरा आसपास, पाँचपोखरी तथा गुफा क्षेत्रसम्म पर्यटकहरूको बाक्लो उपस्थिति देखिएको छ । यस वर्ष पर्याप्त वर्षा र अनुकूल मौसमका कारण गुराँस अघिल्लो वर्षको तुलनामा बढी फुलेको स्थानीय बताउँछन् ।

    गुराँस फुलेको हेर्नु पुगेका पर्यटकहरू ।

    गुराँसको यही आकर्षणले पर्यटकको चाप ह्वात्तै बढाएको हो । वसन्तपुरस्थित होटल हिमालयनकी सञ्चालिका सुशीला पौडेलका अनुसार दैनिक तीन सयभन्दा बढी पर्यटकलाई कोठा अभावकै कारण फर्काउनुपरेको छ । ‘पछिल्ला २१ दिनदेखि निरन्तर अत्यधिक चाप छ’, उनी भन्छिन्, ‘आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ, थोरै मात्रामा भारतीय पर्यटक पनि आएका छन् ।’ पछिल्लो समय नेपाली समाजमा घुम्ने संस्कृतिको विकास हुँदै जाँदा आन्तरिक पर्यटन फस्टाउँदै गएको देखिन्छ । यही प्रवृत्तिको प्रभाव टीएमजे क्षेत्रमा स्पष्ट देखिएको छ ।

    होटल एसोसिएसन तेह्रथुमका अध्यक्ष प्रकाश श्रेष्ठका अनुसार विशेषगरी बिदाका दिनमा अत्यधिक भीड हुने गरेको छ। ‘चैत २२ गतेपछि त होटल व्यवसायीलाई सास फेर्ने फुर्सद छैन’, उनले भने, ‘तराइबाट अर्थात आन्तरिक पर्यटक धेरै मात्रामा आएका छन्, भारतका नगन्य देखिए पनि तेस्रो मुलुकका पर्यटक भने आएको देखिएको छैन ।’

    गुराँस हेर्न वा टीएमजेमा रमाउन आएका पर्यटकले सो क्षेत्रमा मात्रै नभइ तेह्रथुमको सदरमुकाम म्याङलुङ, लसुने, जिरी तथा धनकुटाको हिले, पाख्रिबास र सिधुवाका होटलहरु समेत भरिएका छन् । ती क्षेत्रका होटलहरुको दैनिक करिब १५ हजार मानिस अटाउने क्षमता भए पनि करिब ३ हजारभन्दा बढी पर्यटक दैनिक बास नपाएर फर्किन बाध्य भएको बताइएको छ ।

    होटल एसोसिएसन अफ धनकुटाका अध्यक्ष खगेन्द्र कुमार विष्टका अनुसार हिले, पाख्रिबास र सिधुवाका होटल भरिएपछि पर्यटकलाई धनकुटा सदरमुकामतर्फ पठाउनुपरेको छ । उनले पनि चैत २०–२२ देखि पर्यटकको चाप नघटेको बताए ।

    सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि तराई क्षेत्रबाट आउने पर्यटकको संख्या अझ बढेको व्यवसायीहरू बताउँछन् । सडक विस्तार र पार्किङ व्यवस्थापनमा भएको सुधारले पनि यस वर्षको पर्यटक आगमनलाई सहज बनाएको उनहिहरुको भनाइ छ ।

    स्थानीय छिरिङ लामाका अनुसार टीएमजेमा गुराँस मात्र होइन, हिमाली दृश्यावलोकन पनि अर्को प्रमुख आकर्षण हो । यो वर्ष पर्याप्त वर्षा भएकाले टिएमजेमा गुराँस ढकमक्क फुलेको उनको भनाइ छ । ‘सफा मौसममा ताप्लेजुङतर्फ कञ्चनजंघा र कुम्भकर्ण तथा संखुवासभातर्फ मकालु र चाम्लाङ हिमालको दृश्य देख्न पाइन्छ,’ उनले भने ।

    साथै, यही क्षेत्रबाट पाथिभरा देवीको दर्शन गर्न सकिने भएकाले धार्मिक पर्यटकहरु पनि आउने गरेको लामाले बताए । मुख्यगरी पर्यटकहरू भने चैत बैशाखमा गुराँस ढकमक्क फूल्ने भएकोले गुराँससँग रमाउन बढी मात्रामा आउने गरेको लामाले बताए । यहाँ रहेका चौकी बजार, मंगलबारे बजार, मेन्छ्याम डाँडा, गुफा पोखरी पनि पर्यटकका आकर्षण हुन् ।

    प्राकृतिक सौन्दर्य, जैविक विविधता र हिमाली दृश्यको अनुपम संगम रहेको टीएमजे अहिले गुराँसको रङमा रंगिएको छ । टीएमजेमा हालसम्म कति पर्यटक आए भन्ने तथ्यांक भने काँही भेटिदैन् । विगतका वर्ष भन्दा यस वर्ष सडक विस्तार तथा पार्किङ व्यवस्थापनले सहज बनाएको छ ।

    मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.