• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ५. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ६. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ७. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • ८. बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

  • ९. रास्वपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने

  • १०. रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो

नेपाल–भारत सीमामा कडाइको असर :नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक


  •   सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
  • नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो समय बढाइएको कडाइको प्रत्यक्ष असर सीमावर्ती क्षेत्रका नेपाली नागरिकहरूको दैनिकीमा पर्न थालेको छ। नेपालतर्फ भारतीय सवारी साधनमाथि निगरानी र कडाइ सुरु भएपछि त्यसको प्रतिउत्तरमा भारतीय पक्षले पनि नेपाली सवारी साधनलाई इन्धन दिन छाडेको छ । भारतको वैरगनिया क्षेत्रस्थित नन्दबारा नजिकका पेट्रोल पम्पहरूले ‘नेपाली नम्बर प्लेटका सवारीलाई पेट्रोल नदिइने’ भन्दै स्पष्ट सूचना नै टाँस गरेका छन् । यसले परापूर्वकालदेखि चल्दै आएको सहज आवतजावत र किनमेलको परम्परामा बाधा पु¥याएको छ ।

    Advertisement

    गौरका स्थानीय शिव शंकर मिश्राका अनुसार, पहिले सीमापारि गएर इन्धन र दैनिक उपभोग्य सामग्री ल्याउन सहज थियो । तर अहिले नेपाली सवारीलाई इन्धन दिन अस्वीकार गरिनुले दुई देशबीचको ‘रोटी–बेटी’ सम्बन्धमा नकारात्मक सन्देश गएको उनको बुझाइ छ । उनले आगामी दिनमा खाद्यान्नलगायत अन्य सामग्रीमा पनि यस्तै प्रतिबन्ध लाग्न सक्ने आशंका व्यक्त गरे।

    यस्तै, दुर्गा भगवती गाउँपालिका–१ का एक स्थानीयले आफ्नो पीडा सुनाउँदै भने, ‘भारतबाट आफन्त लिएर फर्कंदा बाटोमै पेट्रोल सकियो । नजिकैको पम्पमा जाँदा नेपाली नम्बर प्लेट भएकै कारण तेल दिइएन। बाध्य भएर मोटरसाइकल धकेल्दै बजार पुगेर बोतलमा तेल किनेर यात्रा पूरा गर्नुप¥यो ।’ नेपाल र भारतबीचको मूल्य अन्तर पनि यो कडाइको एउटा मुख्य कारण मानिएको छ। भारतमा पेट्रोलियम पदार्थ नेपालको तुलनामा झण्डै ५० रुपैयाँ प्रतिलिटर सस्तो छ। सस्तो इन्धनको फाइदा उठाउँदै नेपालतर्फ तस्करी हुन सक्ने र आफ्ना नागरिकका लागि मौज्दात जोगाउन भारतले यस्तो कदम चालेको हुनसक्ने विश्लेषकहरू बताउँछन्।

    अर्कोतर्फ, नेपालले भारतीय सवारीमाथि भन्सार र प्रवेशमा कडाइ गरेपछि त्यसको ’काउन्टर’ स्वरूप भारततर्फ यस्तो व्यवहार देखिएको स्थानीयको दाबी छ । भारतको वैरगनियास्थित ‘हिन्दुस्तान’का पत्रकार राजकपुरका अनुसार सीमा क्षेत्रको व्यापार नेपाली ग्राहककै भरमा चलिरहेको अवस्थामा यस्तो व्यवहारले दुवै पक्षलाई घाटा पुग्ने देखिन्छ। उनले यस समस्यालाई दुई देशका सरकारले कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन्। समन्वयको अभाव र सीमा नीतिमा आएको फेरबदलले गर्दा खासगरी मधेश प्रदेशका सीमावर्ती नागरिकहरू मारमा परेका छन्।

    सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
    चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ५.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    • ६.
      रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • २.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ३.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ४.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ७.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    • ८.
      प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.