• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सरकारी विज्ञापनमा विभेदः निजी पत्रिकाहरु द्वारा पहिलो पृष्ठभरी ‘प्रश्नवाचक चिह्न’ राखेर विरोध

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन

प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण

आज दुई वटा समितिको बैठक बस्दै

आजको मौसम : हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वीरगञ्जमा प्रहरी जवानको हत्या, चारजना पक्राउ

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ५. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ६. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ७. इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

  • ८. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ९. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • १०. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा


  •   सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
  • रामेछाप । नेपाल पत्रकार महासंघ सरकारको प्रेस माथि अंकुश लगाउने निर्णय विरुद्ध आन्दोलनमा उत्रिने भएको छ ।
    नेपाल पत्रकार महासंघको आइतबार हेटौँडामा सम्पन्न चौथो पूर्ण बैठकले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मुद्दामा महासंघ एक भएर अघि बढ्ने निर्णय गरेको महासंघकी अध्यक्ष निर्मला शर्माले जानकारी दिइन् ।

    Advertisement

    शर्माले लोकतन्त्रको लागि लड्दै आएका सञ्चार माध्यम माथि सरकारले आर्थिक नाकाबन्दी लगाएको बताइन् । उनले जन निर्वाचित सरकारलाई नेपाल पत्रकार महासंघले सरकारलाई स्वागत गरेको बताउँदै उनले सरकारलाई अभिव्यक्ति स्वतन्त्रता माथि कुनै पनि अंकुश लगाउन नदिन सचेत बनाउने स्पष्ट पारिन् ।

    बैठकले लोकतन्त्र, स्वतन्त्र न्यायपालिका र जबाफदेही शासन प्रणाली र प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्धता जनाउँदै हेटौडा घोषणापत्र जारी गरेको छ । जसमा जेनजी विद्रोहपछि उत्पन्न विषम परिस्थितिका बिच गत २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भई नयाँ जनमतप्राप्त प्रतिनिधिसभाका सदस्य र बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारलाई महासंघ बधाई ज्ञापन गरेको छ । सञ्चार क्षेत्रको नियमन, सञ्चालन एवम् दिगो व्यवस्थापनका लागि कानुनी तथा नीतिगत व्यवस्था सुधारका लागि सहजीकरण र सहकार्य गर्न महासंघ तत्पर रहेको जनाइएको छ । साथै, संविधान संशोधन, सञ्चारसम्बन्धी नीति र कानुनहरू निर्माण गर्दा संविधानका व्यवस्था, अन्तर्राष्ट्रिय सन्धिसम्झौता र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित रहेर मिडियामैत्री बन्न बैठकले सरकारलाई खबरदारी गरेको छ ।

    विज्ञापनमा भएको बिथिति अन्त्य गर्ने उद्देश्यसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २०८२ चैत १८ गते सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन प्रकाशन, प्रसारण गर्ने भनी गरिएको परिपत्रबारे गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।

    विज्ञापनमा अप्रत्यक्षता हुँदै आएको बेथिति नियन्त्रण गर्ने सरकारी प्रयास सकारात्मक भए पनि यही नाममा सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा सीमित गर्नेजस्तो संविधान, कानुन, अन्तर्राष्ट्रिय मूल्यमान्यता, खुला बजार अर्थनीति र संघीयताको मर्म विपरीतको कार्य अस्वीकार्य र आपत्तिजनक छ रहेको महासंघले जनाएको छ ।

    ‘यो नीति प्रेस स्वतन्त्रतामाथि अप्रत्यक्ष नियन्त्रण गर्ने सरकारी प्रयास भएको महासंघको ठहर छ, यसले निजी सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउँदै स्वतन्त्र पत्रकारितामाथि अप्रत्यक्ष दबाब र सेल्फ सेन्सरसीप सिर्जना भएको छ’, महासंघको ठहर छ ।

    सरकारको यो नीतिले हाल देशभर सञ्चालनमा रहेका ४ सयभन्दा बढी रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाहरूको आर्थिक आधार कमजोर बनाउँदै ती संस्थाहरूको अस्तित्व मात्रै होइन, हजारौँ पत्रकार, सञ्चारकर्मी र मजदुर कर्मचारीको रोजगारी सङ्कटमा परेको प्रति महासंघले ध्यानाकर्षण गराएको छ । यसबाट दुर्गम गाउँ—गाउँसम्म पहुँचमा रहेका हजारौँ सञ्चारमाध्यम बन्द हुँदा स्थानीय तहसम्म सूचना प्रवाह कमजोर भई नागरिकको सूचनाको हक कुण्ठित हुने महासंघको निष्कर्ष छ ।

    महासंघले सरकारको उक्त परिपत्र तत्काल खारेज गरी सरकारी विज्ञापनमा भइरहेको बेथितिको अन्त्य गर्ने गरी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउँदै निजी, सामुदायिक तथा सरकारी सबै सञ्चारमाध्यममा न्यायोचित रूपमा वितरण गर्न, सङ्कटग्रस्त सञ्चार क्षेत्रलाई संरक्षण तथा प्रवद्र्धन गर्ने दीर्घकालीन नीतिगत व्यवस्था बनाउन माग गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव स्तरको निर्णयबाट भएको उक्त निर्देशन संघीयताको आधारभूत मर्म विपरीत रहेको महासङ्घको ठहर छ । संविधान विपरीतको यस्तो निर्देशन अस्वीकार गर्न र विज्ञापन वितरणलाई पारदर्शी, समावेशी र समानुपातिक बनाउन प्रदेश र स्थानीय सरकारलाई महासंघले आह्वान गरेको छ ।

    महासंघ सरकारका विरुद्ध दबाबका कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ । जस अनुसार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गरी ल्याइएको सरकारी नीतिबारे कानुनविद्हरूसँग छलफल गर्ने, पेसागत सङ्गठनहरूको सञ्जाल पापडसँग सहकार्य गर्ने, संविधान विपरीतको उक्त नीति अस्वीकार गर्न आह्वान गर्दै तीनै तहका सरकारसँग छलफल गर्ने, मिडिया सञ्चालक लगायत सञ्चार सरोकारवालासँग छलफल गर्न निर्णय पनि महासंघले गरेको छ ।

    आर्थिक सङ्कटको बहानामा सञ्चार गृहहरूले श्रमजीवी पत्रकारलाई नियमित पारिश्रमिक नदिएको, पत्रकार कटौती गर्न पत्रकारहरूलाई निरुत्साहित गरिरहेको तथा अपमानजनक व्यवहार गर्ने र निलम्बन गर्नेसम्मका श्रम अधिकार विरोधी गतिविधि भइरहेकोप्रति बैठकले विरोध जनाएको छ । श्रमजीवी पत्रकारहरूलाई नियमित पारिश्रमिक उपलब्ध गराउन र बाँकी बक्यौता तत्काल भुक्तानी गर्न महासंघले सबै सञ्चार गृहहरूलाई आग्रह गरेको छ ।

    सबै सञ्चार गृहहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध भई श्रमजीवी पत्रकारहरूको सामाजिक सुरक्षाको सुनिश्चित गर्न महासंघले माग गरेको छ ।

    आर्थिक सङ्कट भोगिरहेका स्वरोजगारलगायत सबै खाले मिडियाहरूको विकास र उत्थानका लागि विशेष योजना ल्याउन बैठकले तीनै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
    पत्रकारहरूको सामाजिक सुरक्षा कोष तत्काल व्यवस्थापन गर्ने सम्बन्धमा अदालतको फैसलाको सम्मान गर्दै सबै सञ्चार माध्यमलाई सो कार्यान्वयन गर्न बैठक माग गरेको छ ।

    सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    सरकारी विज्ञापनमा विभेदः निजी पत्रिकाहरु द्वारा पहिलो पृष्ठभरी ‘प्रश्नवाचक चिह्न’ राखेर विरोध
    नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन
    प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण
    आज दुई वटा समितिको बैठक बस्दै
    आजको मौसम : हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

    • ५.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ६.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    भर्खरै

    • १.
      एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    • २.
      सरकारी विज्ञापनमा विभेदः निजी पत्रिकाहरु द्वारा पहिलो पृष्ठभरी ‘प्रश्नवाचक चिह्न’ राखेर विरोध

    • ३.
      प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

    • ४.
      नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन

    • ५.
      प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण

    • ६.
      आज दुई वटा समितिको बैठक बस्दै

    • ७.
      आजको मौसम : हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

    • ८.
      यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.