• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

उद्योग बाणिज्य महासंघमा शोभा ज्ञवालीको उम्मेदवारी : पर्यटन र उद्यमशीलता प्राथमिकतामा


  •   बिहिबार, चैत २६, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनमा उद्योगी शोभा ज्ञवालीले एसोसिएट प्यानलबाट कार्यकारी सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन् । उनले उद्योग र निजी क्षेत्रलाई जोड्दै देशको आर्थिक विकासमा महासंघको भूमिकामा जोड दिइन् । ज्ञवालीले महासंघलाई ‘देशको आर्थिक विकासका लागि दुई मुख्य स्तम्भ–नीति निर्माताहरू र निजी क्षेत्रको संयोजन गर्ने प्लेटफर्म’का रुपमा वर्णन गर्दै, निजी क्षेत्रको पूरानो संस्था भएको महासंघले देशको उद्यमशीलतालाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन् । उनले ६० वर्षे इतिहास भएको महासंघलाई ‘लोकलबाट ग्लोबल बजारसम्म नेपाली उत्पादनलाई चिनाउने माध्यम’ बन्नुपर्ने बताइन् ।

    Advertisement

    उद्योग वाणिज्य महासंघमा उम्मेदवारी दिने कारणको व्याख्या गर्दै ज्ञवालीले भनिन्, ‘यदि हामीले देशको अर्थतन्त्रलाई अगाडि बढाउन चाहन्छौं भने सबै उद्योगीहरुको आवाजलाई व्यवस्थित गरेर राज्यसँग समन्वय गर्न सकिन्छ । यसैले म एसोसिएट प्यानलबाट कार्यकारी सदस्य बन्न इच्छुक छु ।’

    ज्ञवालीले आफ्नो प्यानलको संरचना पनि प्रस्तुत गरिन् । उनले प्यानलमा वरिष्ठ उपाध्यक्ष हेमराज ढकाल र उपाध्यक्ष जोस्ना श्रेष्ठ रहेको जानकारी दिँदै आफ्नो उम्मेदवारी दोस्रो कार्यकालका लागि रहेको बताइन् ।
    उनी भन्छिन्, ‘मैंले विगत १५ वर्षदेखि युवा र महिला उद्यमीहरुलाई आर्थिक सशक्तिकरणतर्फ अगाडि बढाउँदै आएको छु । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शनीमा ‘मेड इन नेपाल’ उत्पादनको प्रवद्र्धन गर्दै मन्त्रालयसँग नीति समन्वय गर्दै आएको अनुभवले मलाई कार्यकारी सदस्यका रूपमा योग्य बनाउँछ ।’

    ज्ञवालीले पर्यटन, कृषि, ह्यान्डिक्राफ्ट, टेक्सटाइल लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै नेपाली उत्पादनको अन्तर्राष्ट्रिय मान्यता बढाउने योजनाबारे पनि चर्चा गरिन् । उनले भनिन्, ‘लोकल टु ग्लोबल अवधारणालाई प्रवद्र्धन गरी देशको रोजगार सिर्जना र स्वरोजÞगार प्रवद्र्धन गर्न सकिन्छ ।’

    उनी सरकारसँग सहकार्यको पक्षमा छिन् र भन्छिन्, ‘नयाँ सरकारको पहल सकारात्मक देखिन्छ । हामीले नीति र प्रोत्साहन ल्याएर उद्योगीहरुलाई सहयोग गर्ने वातावरण बनाउनु पर्छ ।’
    उनले उद्योग वाणिज्य महासंघको प्लेटफर्मबाट साना, मझौला र युवा उद्यमीलाई प्रवद्र्धन गर्नुपर्ने बताइन् ।

    ज्ञवालीले आफ्नो प्राथमिकता स्पष्ट पार्दै भनिन्, ‘महत्त्वपूर्ण कुरा भनेको उद्योग वाणिज्य महासंघको प्लेटफर्मबाट साना, मझौला र युवा उद्यमीलाई प्रवर्द्धन गर्नु हो । हरेक क्षेत्रको आवश्यकता अनुसार नीति ल्याउनु पर्दछ । यसमा स्थानीय, प्रदेश र संघीय तहलाई ध्यानमा राख्नु आवश्यक छ ।’ ज्ञवालीको उम्मेदवारीले महिला उद्यमशीलता र युवा नेतृत्वलाई बल पुर्याउने अपेक्षा गरिएको छ ।

    निर्वाचित भएमा प्राथमिकता के हुने भन्ने प्रश्नमा ज्ञवालीले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने बताइन् । उनका अनुसार पर्यटनसँग कृषि, हस्तकला, सेवा लगायतका क्षेत्र प्रत्यक्ष रूपमा जोडिएका छन् । ‘पर्यटन विकासले समग्र अर्थतन्त्र चलायमान बनाउँछ र स्थानीय स्तरमा जीवनस्तर उकास्न मद्दत गर्छ,’ उनले भनिन् ।
    नेपालका हिमाल, संस्कृति, आतिथ्यता र प्राकृतिक सम्पदालाई ‘तयार उत्पादन’का रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्ने उनको धारणा छ । साथै, पर्यटकमैत्री वातावरण, पूर्वाधार सुधार, सरसफाइ र सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्ने उनले औंल्याइन् ।

    उनले नीति निर्माण मात्र नभई कार्यान्वयनमा समेत जोड दिनुपर्ने बताउँदै हिमाल, पहाड र तराईको भौगोलिक विविधता अनुसार नीति बनाइनुपर्ने धारणा राखिन् । उनले राज्य र निजी क्षेत्रबीच सहकार्य बलियो बनाएर व्यवसायमैत्री वातावरण निर्माण गर्न सकिने विश्वास व्यक्त गरिन् ।
    उनले आफू निर्वाचित भएमा साना, मझौला र युवा उद्यमीको आवाजलाई महासंघमार्फत राज्यसम्म पुर्याउँदै देशको अर्थतन्त्र मजबुत बनाउन सक्रिय रहने प्रतिबद्धता जनाइन् ।

    बिहिबार, चैत २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.