• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, कार्तिक २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

१८२ सिट जित्दैमा अहंकार देखाउने छुट कसैलाई छैन :रबि लामिछाने !

पार्टीभन्दा देश जोगाउने कुरा फरक हुन्छ : बालेन

न्यायाधीश नियुक्ति विवाद : उजुरीकर्तासँग आज छलफल

टीआरसी ऐन कार्यान्वयनमा ढिलाइबारे संसदीय उपसमितिको निष्कर्ष

नेपाल लोकतान्त्रिक खेलकुद संघमा प्रधानको नेतृत्व

जनता जोगाउन बजेट दोस्रो कुरा हो, पहिलो प्राथमिकता सुरक्षा : रवि लामिछाने

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

लोकप्रिय समाचार

  • १. ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

  • २. समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

  • ३. लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

  • ४. एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

  • ५. नेपाल लोकतान्त्रिक खेलकुद संघमा प्रधानको नेतृत्व

  • ६. जनता जोगाउन बजेट दोस्रो कुरा हो, पहिलो प्राथमिकता सुरक्षा : रवि लामिछाने

  • ७. न्यायाधीश नियुक्ति विवाद : उजुरीकर्तासँग आज छलफल

  • ८. पार्टीभन्दा देश जोगाउने कुरा फरक हुन्छ : बालेन

  • ९. टीआरसी ऐन कार्यान्वयनमा ढिलाइबारे संसदीय उपसमितिको निष्कर्ष

  • १०. १८२ सिट जित्दैमा अहंकार देखाउने छुट कसैलाई छैन :रबि लामिछाने !

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने


  •   बुधबार, चैत २५, २०८२ मा प्रकाशित
  • काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम रूप दिन संयुक्त राज्य अमेरिकासँग पाकिस्तानको राजधानी इस्लामाबादमा दुई हप्ता लामो वार्ता गर्ने घोषणा गरेको छ । यससँगै तेहरानले जारी द्वन्द्वमा आफूले ऐतिहासिक विजय हासिल गरिसकेको दाबी समेत गरेको छ ।

    Advertisement

    परिषद्ले जारी गरेको विस्तृत विज्ञप्ति अनुसार, ईरानले वाशिंगटनलाई १० बुँदे रणनीतिक र आर्थिक मागहरू स्वीकार गर्न बाध्य पारेको दाबी गरेको छ । ईरानका प्रमुख मागहरूमा अनाक्रमणको ग्यारेन्टी, हर्मुज जलमार्गमा ईरानी नियन्त्रणको निरन्तरता, युरेनियम संवर्धनको मान्यता, ईरानमाथि लगाइएका प्रतिबन्धहरू हटाउनुपर्ने, मध्यपूर्व क्षेत्रबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने र क्षतिपूर्ति भुक्तानी गरिनुपर्ने जस्ता विषयहरू समावेश छन् ।

    द्वन्द्वको परिणामबारे टिप्पणी गर्दै परिषद्ले भनेको छ,‘शत्रुले ईरानी राष्ट्र विरुद्धको आफ्नो कायरतापूर्ण, अवैध र आपराधिक युद्धमा नबिर्सने गरी ऐतिहासिक र लज्जास्पद हार व्यहोरेको छ ।’ ईरानले अमेरिकालाई आफ्नो १० बुँदे योजना मान्न बाध्य पारेको र यसले क्षेत्रीय शक्ति सन्तुलनमा निर्णायक परिवर्तन ल्याएको उल्लेख गरेको छ ।

    यद्यपि, यो वार्ता सुरु हुनुको अर्थ तत्कालै युद्ध अन्त्य हुनु भने नभएको ईरानले स्पष्ट पारेको छ । ‘वार्ता हुनुको अर्थ युद्ध सकिएको होइन, जबसम्म वार्तामा सबै विवरणहरूलाई अन्तिम रूप दिइँदैन, तबसम्म युद्ध अन्त्य हुने छैन,’ विज्ञप्तिमा भनिएको छ । यो वार्ता अधिकतम १५ दिनसम्म मात्र चल्ने बताइएको छ ।

    ईरानले पछिल्लो ४० दिनमा आफ्ना सैन्य बल र प्रतिरोधको अक्षले अमेरिकी सैन्य पूर्वाधारमा ठूलो क्षति पु¥याएको र अमेरिकाको छिटो विजय हासिल गर्ने योजनालाई विफल तुल्याएको दाबी गरेको छ । ईरानका अनुसार अमेरिकाले विगत एक महिनादेखि युद्ध रोक्न पटक–पटक आग्रह गरे पनि आफ्ना उद्देश्यहरू पूरा नभएसम्म तेहरानले त्यसलाई अस्वीकार गर्दै आएको थियो ।

    यस वार्ताको वातावरण बनाउन पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निभाएको बताइएको छ । पाकिस्तानी प्रधानमन्त्रीका अनुसार अमेरिकाले प्रस्तावित वार्ताको खाकामा सैद्धान्तिक रूपमा सहमति जनाएको छ । ईरानी नेतृत्वले आफूहरू बलियो स्थितिमा रहेर वार्तामा बस्न लागेको र कूटनीतिक रूपमा उपलब्धि सुनिश्चित नभएसम्म सैन्य अपरेसन जारी रहने बताएको छ ।

    ईरानका यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन बाँकी भए तापनि, हप्तौँदेखि जारी तनाव र द्वन्द्वका बीच यसलाई एक महत्त्वपूर्ण कूटनीतिक सुरुवातका रूपमा हेरिएको छ ।

    बुधबार, चैत २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पार्टीभन्दा देश जोगाउने कुरा फरक हुन्छ : बालेन
    न्यायाधीश नियुक्ति विवाद : उजुरीकर्तासँग आज छलफल
    टीआरसी ऐन कार्यान्वयनमा ढिलाइबारे संसदीय उपसमितिको निष्कर्ष
    नेपाल लोकतान्त्रिक खेलकुद संघमा प्रधानको नेतृत्व
    जनता जोगाउन बजेट दोस्रो कुरा हो, पहिलो प्राथमिकता सुरक्षा : रवि लामिछाने
    एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

    Facebook Page

    लोकप्रिय

    • १.
      ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

    • २.
      समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

    • ३.
      लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

    • ४.
      एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

    • ५.
      नेपाल लोकतान्त्रिक खेलकुद संघमा प्रधानको नेतृत्व

    • ६.
      जनता जोगाउन बजेट दोस्रो कुरा हो, पहिलो प्राथमिकता सुरक्षा : रवि लामिछाने

    भर्खरै

    • १.
      १८२ सिट जित्दैमा अहंकार देखाउने छुट कसैलाई छैन :रबि लामिछाने !

    • २.
      पार्टीभन्दा देश जोगाउने कुरा फरक हुन्छ : बालेन

    • ३.
      न्यायाधीश नियुक्ति विवाद : उजुरीकर्तासँग आज छलफल

    • ४.
      टीआरसी ऐन कार्यान्वयनमा ढिलाइबारे संसदीय उपसमितिको निष्कर्ष

    • ५.
      नेपाल लोकतान्त्रिक खेलकुद संघमा प्रधानको नेतृत्व

    • ६.
      जनता जोगाउन बजेट दोस्रो कुरा हो, पहिलो प्राथमिकता सुरक्षा : रवि लामिछाने

    • ७.
      एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

    • ८.
      लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.