• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ३. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ४. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • ५. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ६. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ७. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ८. साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • ९. सागर ढकालको गुनासो: पार्टीका सिनियर नेताहरू नै मिडियाको लहैलहैमा लाग्नुभयो

  • १०. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

सामाजिक सञ्जाल ह्याक बढ्नुको मुख्य कारण प्रयोगकर्ताकै असावधानी : साइबर ब्यूरो


  •   आइतबार, चैत १५, २०८२ मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल ह्याक हुने घटनामा उल्लेख्य वृद्धि देखिएको छ । यससँगै अनलाइनमार्फत हुने ठगीका घटना पनि बढ्दो क्रममा रहेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरोका अनुसार यी घटनाहरूको मूल कारण प्रविधिको दुरुपयोगभन्दा बढी प्रयोगकर्ताकै असावधानी र साइबर सुरक्षाबारेको न्यून ज्ञान रहेको पाइएको छ ।

    Advertisement

    प्रहरी उपरीक्षक तथा साइबर ब्यूरोका सूचना अधिकारी दीपक अवस्थीले सामाजिक सञ्जाल ह्याक हुने घटनाबारे स्पष्ट पार्दै अधिकांश केसमा प्रयोगकर्ताले अपरिचित स्रोतबाट आएको लिंक क्लिक गर्ने, ह्याकरले पठाएको लिंक वा कोड सेयर गर्ने, तथा नचिनेका व्यक्तिको कुरामा सजिलै विश्वास गर्ने प्रवृत्तिका कारण समस्या बढिरहेको बताए । ‘हामीकहाँ आउने पीडितहरूको अनुभव हेर्दा धेरैजसो घटना प्रयोगकर्ताको सानो गल्तीका कारण भएको पाइन्छ । ह्याकरहरूले विभिन्न बहानामा लिंक पठाउने, आफूलाई कुनै प्रतिष्ठित संस्था वा व्यक्तिको रूपमा चिनाउने, र त्यसैमार्फत प्रयोगकर्तालाई झुक्याउने गर्छन्,’ उनले भने ।

    उनका अनुसार अहिले ह्याकरहरूले नयाँ–नयाँ तरिका अपनाउँदै प्रयोगकर्तालाई जालमा पार्ने गरेका छन् । उदाहरणका लागि, अन्तर्राष्ट्रिय मिटिङमा सहभागी गराउने, आकर्षक रोजगारी दिने, वा कुनै पुरस्कार जितेको भन्दै सम्पर्क गर्ने जस्ता प्रलोभनपूर्ण सन्देशहरू पठाइन्छन् । यस्ता सन्देशमा विश्वास गरेर प्रयोगकर्ताले कोड वा व्यक्तिगत जानकारी सेयर गर्दा अकाउन्ट ह्याक हुने सम्भावना अत्यधिक हुन्छ ।

    साइबर सुरक्षाका आधारभूत उपायहरू अवलम्बन नगर्नु अर्को प्रमुख समस्या भएको अवस्थी बताउँछन् । ‘धेरै प्रयोगकर्ताले सामाजिक सञ्जाल प्रयोग गर्दा उपलब्ध सुरक्षात्मक विकल्पहरू प्रयोग गरेका हुँदैनन् । जस्तै ‘टु–स्टेप भेरिफिकेसन’ जस्तो महत्वपूर्ण सुविधा धेरैले सक्रिय नै गरेका छैनन्, उनले भने । उनका अनुसार यदि यो सुविधा प्रयोग गरिएको भए, ओटीपी मात्र प्रयोग गरेर अकाउन्ट ह्याक गर्न सजिलो हुँदैनथ्यो,’ उनले भने ।

    पासवर्डको सन्दर्भमा पनि उनले महत्वपूर्ण कुरा औंल्याएका छन् । बलियो पासवर्ड राख्नु राम्रो अभ्यास भए पनि त्यसले मात्र पूर्ण सुरक्षा दिन नसक्ने उनको भनाइ छ । ‘यदि प्रयोगकर्ताले ओटीपी वा अन्य सुरक्षा कोड अरूलाई सेयर गर्छ भने जति नै बलियो पासवर्ड भएपनि अकाउन्ट सुरक्षित रहँदैन,’ उनले चेतावनी दिए ।

    साइबर ब्यूरोका अनुसार सामाजिक सञ्जाल ह्याकसँगै विद्युतीय माध्यममार्फत हुने ठगीका घटनाहरू पनि तीव्र रूपमा बढिरहेका छन् । यस्ता ठगीहरू विभिन्न स्वरूपमा देखिएका छन लगानी गरेर दोब्बर फाइदा हुने भन्दै प्रलोभन दिने ‘इन्भेस्टमेन्ट स्क्याम’, विदेशबाट उपहार आएको भन्दै शुल्क माग्ने, मृत व्यक्तिको सम्पत्ति दिने बहाना गर्ने, प्रेम सम्बन्धको नाटक गरेर पैसा ठग्ने ‘रोमान्स स्क्याम’, अनलाइन सेवा उपलब्ध गराउने भन्दै रकम असुल्ने, तथा अनलाइन किनमेलमा ठगी गर्ने जस्ता घटनाहरू सामान्य बन्दै गएका छन् ।

    त्यस्तै, ह्याक भएको सामाजिक सञ्जालमार्फत आफन्त वा चिनेजानेका व्यक्तिहरूसँग पैसा माग्ने प्रवृत्ति पनि बढेको छ, जसले गर्दा एक व्यक्तिको लापरबाहीले अरू धेरैलाई समेत असर पर्ने गरेको छ । तथ्यांकले पनि साइबर अपराधको बढ्दो प्रवृत्ति स्पष्ट देखाउँछ । आर्थिक वर्ष २०७९÷८० मा साइबर ब्यूरोमा १८१५ वटा निवेदन परेको थियो भने २०८०÷८१ मा यो संख्या बढेर ४१३३ पुगेको छ । त्यस्तै २०८१÷८२ मा ७७२८ निवेदन दर्ता भएको छ । चालु आर्थिक वर्षमा मात्र करिब ४६०० निवेदन परिसकेको छ, जसले समस्या झन् गम्भीर बन्दै गएको संकेत गरेको छ ।

    यद्यपि, सबै केस समाधान गर्न भने चुनौतीपूर्ण रहेको प्रहरीले जनाएको छ । सीमापारबाट सञ्चालन हुने आपराधिक नेटवर्क, नक्कली वा अरूको नाममा खोलिएका बैंक खाता (मनी म्युल), प्राविधिक जटिलता तथा सीमित स्रोतसाधनका कारण मुख्य अभियुक्तसम्म पुग्न कठिन हुने अवस्थाहरू रहेको अवस्थीले बताए । धेरैजसो केसमा प्रयोग भएका खाता निर्दोष व्यक्तिका नाममा खोलिएका हुन्छन्, जसले अनुसन्धानलाई जटिल बनाउँछ, उनले भने ।

    उनका अनुसार पीडितले समयमै सम्बन्धित प्लेटफर्म (जस्तै फेसबुक, टिकटक, ह्वाट्सएप) मा रिपोर्ट गरेमा अकाउन्ट छिटो रिकभर हुने सम्भावना बढी हुन्छ । साथै, साइबर ब्यूरोमा उजुरी दिएर पनि आवश्यक सहयोग लिन सकिन्छ । ‘ह्याक भएको व्यक्तिले आफैंले रिपोर्ट गर्दा प्लेटफर्मले चाँडो प्रतिक्रिया दिन्छ, किनभने उनीहरूले डिभाइस, लोकेसनलगायतका विवरण चिन्न सक्छन्,’ उनले बताए ।

    साइबर अपराध न्यूनीकरणका लागि सरकारले नीतिगत सुधार, जनचेतनामूलक कार्यक्रम र प्रविधिमा लगानी बढाउनुपर्ने अवस्थीको सुझाव छ । साथै, बैंक तथा अन्य सेवा प्रदायक संस्थाहरूले सेवा सुरु गर्दा नै ग्राहकलाई सम्भावित जोखिमबारे जानकारी गराउनुपर्ने उनले बताए ।

    उनले नागरिकलाई सतर्क रहन आग्रह गर्दै भने, साइबर सुरक्षा अब व्यक्तिगत जिम्मेवारी पनि हो । नचिनेको व्यक्तिसँग सम्पर्क नगर्ने, शंकास्पद लिंक नखोल्ने, आफ्नो पासपोर्ट कसैलाई नदिने, र सुरक्षाका सबै उपाय अपनाउने हो भने धेरैजसो साइबर अपराधबाट बच्न सकिन्छ ।

    आइतबार, चैत १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ३.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ४.
      स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

    • ५.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    • ६.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.