• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ३. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ४. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • ५. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ६. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ७. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ८. साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • ९. सागर ढकालको गुनासो: पार्टीका सिनियर नेताहरू नै मिडियाको लहैलहैमा लाग्नुभयो

  • १०. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

पूर्वी पहाड र मधेशका विद्यार्थीलाई राहत : जनता क्याम्पसमा छात्रावास निर्माण सुरु

  •   शनिबार, चैत १४, २०८२ मा प्रकाशित
  • विराटनगर । सुनसरीको इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न टाढाटाढाबाट आउने विद्यार्थीका लागि दीर्घकालीन समाधान खोज्दै छात्र तथा छात्राका लागि छुट्टाछुट्टै छात्रावास निर्माण कार्य सुरु गरिएको छ । यसलाई क्याम्पसले ‘शिक्षामा पहुँच विस्तार’ को रणनीतिक कदमका रूपमा अघि बढाएको जनाएको छ ।
    झण्डै पाँच करोड रुपैयाँ लागतमा बन्ने छात्रावासको शनिबार क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीले सिलान्यास गरेका हुन् ।
    संघीय सरकारको बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा पहिलो किस्ताबापत १ करोड ४२ लाख रुपैयाँ निकासा भएपछि निर्माण प्रक्रिया अघि बढाइएको हो ।
    पहिलो चरणमा छात्र र छात्राका लागि अलग–अलग एकतले भवन निर्माण गरिनेछ, जसमा प्रत्येकतर्फ १४–१४ वटा कोठा रहनेछन् । निर्माणको जिम्मा चारुमति कन्ट्रक्सन प्रालि ले पाएको छ । ठेकेदार जीवन तिम्सिनाका अनुसार पहिलो चरणको काम २०८४ पुस मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
    क्याम्पसका पदाधिकारीहरूका अनुसार छात्रावास निर्माणले विशेषगरी पूर्वी पहाडी जिल्ला र मधेश प्रदेश बाट आउने विद्यार्थीलाई ठूलो राहत दिनेछ । हाल ती विद्यार्थीहरूलाई डेरा खोज्ने र महँगो भाडा तिर्ने बाध्यता रहेको छ । छात्रावास बनेपछि त्यस्तो समस्या अन्त्य हुने विश्वास लिइएको छ ।
    क्याम्पस प्रमुख डा। गीता अधिकारीका अनुसार दुर्गम र आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्न छात्रावास निर्णायक बन्नेछ । ‘नियमित उपस्थिती,अध्ययनमा निरन्तरता र समग्र शैक्षिक उपलब्धीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका छौं,’ उनले भनिन् ।
    जनता क्याम्पसले पछिल्लो समय विद्यार्थीमैत्री सेवाहरू विस्तार गर्दै आएको छ । हाल क्याम्पसले ७ वटा बसमार्फत सुनसरी र पूर्वी मोरङका विभिन्न स्थानबाट विद्यार्थीलाई निःशुल्क आवतजावत सुविधा दिँदै आएको छ ।
    यसैबीच, क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई समेत प्राथमिकता दिएको छ । भारतका बाबा मस्तनाथ विश्वविद्यालय र श्री जे जे टी विश्वविद्यालय सँग सम्झौता गर्दै शैक्षिक आदान–प्रदानलाई विस्तार गरिएको छ ।
    विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गरिसकेको क्याम्पसमा हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सञ्चालनमा छन् भने कक्षा ११–१२ समेत पढाइ हुँदै आएको छ । क्याम्पसमा हाल ५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

    Advertisement

    शनिबार, चैत १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ३.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ४.
      स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

    • ५.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    • ६.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.