चैत ४, खोटाङ । खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।
काठमाडौंबाट ६ जना यात्रु बोकेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो । यसअघि प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले शव बोकेर हेलिकप्टर त्यहाँ गएको भनेपनि हेलिकप्टरमा शव भने नरहेको वडाध्यक्ष मिलन कुमार राईले जानकारी दिए ।
दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलले बताइन् ।
केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

