माघ १४,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य कृष्णा केसीलाई पार्टीबाट निष्कासन गरेको छ।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले पार्टीको निर्णयविरुद्ध गतिविधि गरेको भन्दै केसीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेका हुन्।
केसीले बाँके १ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएपछि नेकपाले पार्टीबाट निकालेको हो।


