पौष १६ पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह र कुलमान घिसिङसँगको सम्झौता भागबन्डा नभई जिम्मेवारी बाँडेको प्रष्टीकरण दिएका छन् ।
पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पुर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले रास्वपा भागबन्डा र गठबन्धनको पक्षमा नरहेको दाबी गरे ।‘पार्टी कसले सञ्चालन गर्ने, पार्टीले बहुमत ल्याएपछि सरकार बनाउँदा प्रधानमन्त्रीको उम्मेदवार को हो भन्ने कुरा स्पष्ट बाँडफाँट गरेका हौँ । भागबन्डा होइन, जिम्मेवारी बाँडेका हौँ ।’रविले आगामी निर्वाचनमा रास्वपाले रास्वपाभन्दा बाहिरको व्यक्तिलाई भोट नमाग्ने जिकीर गरे ।‘रास्वपाले निर्वाचनमा आफ्नो चुनाव चिन्हभन्दा बाहिरको मान्छेलाई भोट माग्ने काम गर्दैन । रास्वपा हो, घन्टी हो त्योभन्दा अर्को पार्टी छैन । अरु कुनै उम्मेदवार छैन’, उनको भनाइ छ ।

