• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो

सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु

शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा

सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

१२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

लोकप्रिय समाचार

  • १. नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

  • २. बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

  • ३. सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

  • ४. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ५. सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

  • ६. पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

  • ७. शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

  • ८. ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

  • ९. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • १०. यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

रास्वपा र बालेनको सहमतिमा किन छुटे कुलमान घिसिङ?


  •   आइतबार, पुष १३, २०८२ मा प्रकाशित
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार बिहान सातबुँदे सम्झौता हस्ताक्षर हुँदा ऊर्जामन्त्री कुलमान घिसिङ उपस्थित थिएनन्।पछिल्लो समय बालेन, रवि र कुलमान मिलेर जाने चर्चाले व्यापकता पाइरहेको र यसका लागि तीनै जनाले संवाद अघि बढाइरहेका बेला आइतबारको सम्झौतामा कुलमान नदेखिनुले यो एकतामा उनी कहाँ छुटे भन्ने प्रश्न उठेको छ।

    Advertisement

    ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संस्थापक कुलमान घिसिङ शनिबार साँझसम्म पनि रवि र बालेनसँग तारन्तार वार्ता र संवादमा थिए।शनिबार राति ७ बजे बालेन र कुलमानबीच भेटवार्ता भएको थियो। राति अबेरसम्म पनि उनीहरूको कुराकानी जारी थियो। कुलमानसँगको भेटवार्तापछि नै राति साढे ११ बजेतिर रवि र बालेन निर्णायक वार्तामा बसेका हुन्। त्यही निर्णायक वार्ताले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी सातबुँदे सम्झौताको खाका कोरेको हो।तर सँगसँगै मिलेर जाने भनिएका कुलमान यो सातबुँदेमा किन अटाएनन्?

    स्रोतका अनुसार बालेनले कुलमानलाई पार्टीमा तेस्रो वरीयतामा रहने गरी एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेका थिए। कुलमान भने यसमा सहमत थिएनन्। उनी पनि बालेनजस्तै प्रधानमन्त्रीकै आकांक्षी थिए।कुलमानले आफू सरकारमा वरिष्ठ मन्त्री भइसकेको, उज्यालो नेपाल पार्टीले एउटा संरचनागत स्वरूप ग्रहण गरेको र उमेरका हिसाबले पनि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्नुपर्ने कुरा बालेनसँगको भेटमा बताएका थिए।

    बालेनको भने आफू नै प्रधानमन्त्रीको उम्मेदवार हुनुपर्ने एकसूत्रीय माग थियो। उनले पाँच वर्षसम्म आफूलाई प्रधानमन्त्री चलाउन दिनुपर्ने माग गर्दै आएका थिए। त्यसैले उज्यालो नेपाल पार्टीले संरचनागत स्वरूप ग्रहण गरिसकेकाले आफू प्रधानमन्त्रीको हकदार हुँ भन्ने कुलमानको तर्कसँग पनि उनी सहमत भएनन्।बालेनले शनिबार रातिसम्म कुलमानलाई समेटेर अघि बढ्न रविलाई आग्रह गरेका थिए। स्रोतका अनुसार उनले रविलाई भनेका थिए, ‘कुलमानजीलाई समेटैर लैजानुपर्छ। तपाईं कुरा गर्नुस्।’रविले भने बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बन्न आग्रह गर्नुअघि नै कुलमानलाई रास्वपा तर्फबाट प्रधानमन्त्री बन्न प्रस्ताव गएको जबाफ दिएका थिए।’हामीले कुलमानजीसँग कुरा गरिराखेका थियौं। तपाईसँग प्रधानमन्त्रीको उम्मेद्वार बन्ने र एउटै पार्टीबाट अघि बढ्ने कुरा हुनुभन्दा तीन साताअघि नै यो प्रस्ताव गरेका थियौं,’ लामिछानेले बालेनलाई जबाफ दिए, ‘उहाँले मान्नुभएन।’

    तर बालेनले त्यति बेला भन्दा अहिले कुलमान लचिलो भएको उल्लेख गर्दै सहसभापति दिँदा मान्ने बताएका थिए। तर रविले उनलाई सहसभापति पनि दिन नसकिने बताए।’सहसभापति दिन सकिँदैन। पार्टीमा दुई जना उपसभापति पनि हुनुहुन्छ’, रविले बालेनलाई जबाफ दिए, ‘दुई जना सभापति बनाउने र सहसभापति बनाएर जान सकिँदैन। तर उपसभापति बनाएर जान सकिन्छ।’त्यसपछि रविले उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेलाई पनि वार्तामा बोलाएका थिए। तर बालेनसँग छलफलपछि बाहिरिएका कुलमान सम्पर्कमा आएनन्।कुलमानले फोन नउठाएपछि बालेनले नै सहमति गरेर अघि बढ्न र कुलमानसँग पछि कुरा गर्न उपयुक्त हुने बताए। दुईबीच सहमतिमा हस्ताक्षर भयो।

    स्रोतका अनुसार कुलमान बिच्किनुको कारण भने अर्कै छ।केही समय अघि बालेन र कुलमानबीच भएको वार्तामा बालेनले आफू महानगरको मेयरका रूपमा कार्यकाल पूरा गर्ने बताएका थिए। साथै पार्टी खोलेर अगाडि बढ्न र प्रधानमन्त्रीका रूपमा अघि बढ्न कुलमानलाई शुभकामना दिएका थिए। त्यस आधारमा बालेनले आफ्नो नेतृत्व स्वीकार गरेको कुलमानको बुझाइ थियो। त्यसैले कुलमानले फेसबुक मार्फत् मेयर बालेनसँगको फोटो समेत सार्वजनिक गरेका थिए।

    तर शनिबारको वार्तामा बालेनले आफू नै पाँच वर्ष प्रधानमन्त्री बन्ने बताएको कुलमान निकट स्रोतको दाबी छ।’मेयर बालेनले म पाँच वर्ष प्रधानमन्त्री हुन्छु भन्नुभयो,’ स्रोतले भन्यो, ‘उहाँले मिलेर जाऔं भन्नुभयो तर उहाँले कुनै ठोस प्रस्ताव गर्नुभएन।’

    भेटमा कुलमानले उज्यालो नेपाल पार्टीको सहअस्तित्व स्वीकार नगरेको अवस्थामा सहमतिमा सामेल हुन नसक्ने बालेनललाई बताए। उनले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच पार्टीकै हैसियतमा समझदारी र एकता खोजेका थिए। पार्टीको नाम, चुनाव चिह्न, नेतृत्व र भावी प्रधानमन्त्रीको उम्मेदवार पनि नहुने अवस्थामा एकतामा जान नसक्ने कुलमानले बताएका थिए।राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भने कुनै ठोस प्रस्ताव नआएको कुलमानले निकटहरूलाई बताएका छन्। बाहिर बाहिर २५ प्रतिशत केन्द्रीय सदस्य दिने भन्ने चर्चा चलाइएको भए पनि भेटमा यस्तो कुनै प्रस्ताव नआएको घिसिङले बताएका छन्।’सँगै जाऔँ भन्ने बाहेक अन्य प्रस्ताव केही आएन,’ कुलमान निकट स्रोतले भन्यो, ‘सहस्तित्व स्वीकार भएको अवस्थामा मात्र एकता गर्ने पार्टीकै निर्णय थियो।’

    आइतबार, पुष १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी
    बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो
    सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु
    शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन
    अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल
    प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा

    Facebook Page

    लोकप्रिय

    • १.
      नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

    • २.
      बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

    • ३.
      सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

    • ४.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ५.
      सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    • ६.
      पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

    भर्खरै

    • १.
      बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

    • २.
      बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो

    • ३.
      सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु

    • ४.
      शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

    • ५.
      अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

    • ६.
      प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा

    • ७.
      सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

    • ८.
      प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.