पौष १०,काठमाडौ। रास्ट्रीय स्वतन्त्र पार्टी रास्व्पाका सभापति रबि लामिछाने र काठमाडौ महानगरपालिकाका नगर प्रमुख बालेन शाहबीच पार्टी एकताको निर्णायक वार्ता जारि रहेका बेला पुर्व स्वतन्त्र सांसद अमरेसकुमार सिह पनि वार्तामा पुगेका छन्।
वार्ताबाहिर रास्व्पा सदस्य देखि सर्बसाधारण,जेंजी अगुवा सुदन गुरुङ लगायत पत्रकारहरुको भिड निकै थामिनसक्नु छ। भेटवार्ता अहिले कुमार बेनको घरमा चलिरहेको छ भने गेटमा जेंजी अगुवा सुदन गुरुङले ताला समेत लगाएका छन्। गुरुङले भनेका छन् – हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ। जबसम्म दुईजना मिल्नुहुन्न, तबसम्म यो गेट खोलिँदैन। हामीले यहाँ ताला लाएर राखिराछौँ।’आगामी चुनावमा नयाँ शक्तिहरु एकठाउँमा आउने प्रयास स्वरुप वार्ता भइरहेको बताइएको छ ।

