• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

चिसो बढे पनि पानि नपर्ने मौसमबिद्दहरुको भनाइ

चाँदीको मूल्य नयाँ उचाइमा, सुन सामान्य घट्यो

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

  • ५. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ८. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • ९. ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

  • १०. “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

चिसो बढे पनि पानि नपर्ने मौसमबिद्दहरुको भनाइ


  •   आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारणले कुनैकुनै प्रदेशमा शनिबार बिहानजस्तै आकाशको केही भाग बादलले ढाक्ने सम्भावना छ। तराई–मधेसका भू–भागमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएका छ।पश्चिमी वायु भित्रिएसँगै चिसो बढेको हो।

    Advertisement

    मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीको शनिबारको अधिकतम तापक्रम १५.१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ९.०डिग्री सेल्सियस थियो। आजको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस रहनेछ।नेपालगञ्जको शनिबारको अधिकतम तापक्रम १४.६, न्यूनतम तापक्रम ९.०डिग्री सेल्सियस रहेको थियो। आज न्यूनतम तापक्रम १०.६ डिग्री सेल्सियस रहनेछ।

    भैरहवाको शनिबारको अधिकतम तापक्रम १७.०, न्यूनतम तापक्रम १२.८ र आजको ११.९ डिग्री सेल्सियस रहनेछ।
    सिमराको शनिबारको अधिकतम तापक्रम १५.६, न्यूनतम १३.४, आजको न्यूनतम तापक्रम १०.६ डिग्री सेल्सियस रहनेछ।

    जनकपुरको अधिकतम तापक्रम १९.६, न्यूनतम १४.५, आजको १२.६ डिग्री सेल्सियस रहनेछ। विराटनगरको शनिबारको अधिकतम तापक्रम २२.०, न्यूनतम तापक्रम १२.६, आजको १२. ६ डिग्री सेल्सियस रहनेछ।

    झापा चन्द्रगढीको अधिकतम तापक्रम २४.२, न्यूनतम तापक्रम ११.४ र आजको न्यूनतम तापक्रम १३.० रहनेछ।

    धनगढी क्षेत्रको भिजिबिलिटी (पारदर्शिता) २००, नेपालगञ्जको पनि २०० मिटर रहेको छ। भैरहवाको २००० मिटर छ भने सिमराको ५०० मिटर छ। जनकपुरको पारदर्शिता १४०० मिटर, विराटनगर र चन्द्रगढीको ४००–४०० मिटर रहेको महाशाखाले जानकारी दिएको छ।

    महाशाखाका अनुसार कोशी तराईको धेरै स्थानहरूमा लागेको हुस्सु, कुहिरो अपराह्नसम्ममा सुधार हुने सम्भावना देखिएको छ।

    मधेस धेरै स्थानहरूमा लागेको हुस्सु, कुहिरो अपराह्नपछि सामान्य सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम तराईमा लागेको हुस्सुकुहिरो पनि अपराह्नपछि सामान्य सुधार हुने देखिएको महाशाखाले बताएको छ।

    पश्चिमी वायुको प्रभाव देखिए पनि तत्काल कुनै वर्षाको सम्भावना छैन। मौसमविद् विनोद पोखरेलले आगामी दुई हप्तासम्म पनि वर्षाको सम्भावना नरहेको बताएका छन्।

    पछिल्लो एक महिनायता मुलुकभर वर्षा मापन नभएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गत मंसिर ५ गते ताप्लेजुङ ताप्लेथोक केन्द्रमा २ मिलिमिटर वर्षा रेकर्ड भएको थियो। त्यसयता एक झर पानी परेको छैन।

    पानी नपरेकाले काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरहरूमा वायु प्रदूषण बढेको छ।

    वातावरण विभागको वायु गुणस्तर अनुगमन प्रणालीका अनुसार पछिल्लो २४ घन्टामा सुर्खेतको वायु शुद्धता सूचकांक (एक्युआई) १७८, देउखुरी दाङको १५३, काठमाडौंको रत्नपार्कको १४७, भक्तपुरको १४६, खुमलटारको ११७ पुगेको छ।

    वायु शुद्धता सूचकांकअनुसार ०–५० अंक स्वस्थ, ५१ देखि १०० अंक मध्यम र १०१ देखि १५० अंकसम्म अस्वस्थकर र त्यसभन्दा माथिको अंकलाई घातक मानिन्छ।

    आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चाँदीको मूल्य नयाँ उचाइमा, सुन सामान्य घट्यो
    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता
    केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने
    चाबहिलबाट फरार कैदीबन्दी पक्राउ
    प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ५.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      चिसो बढे पनि पानि नपर्ने मौसमबिद्दहरुको भनाइ

    • २.
      चाँदीको मूल्य नयाँ उचाइमा, सुन सामान्य घट्यो

    • ३.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • ४.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ५.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ६.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • ७.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ८.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.