• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, पुष ०३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

पूराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ

सुनको भाउ फेरि २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ४. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ९. एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

  • १०. श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री


  •   बिहिबार, पुष ०३, २०८२ मा प्रकाशित
  • काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो तीन महिनाको अवधिमा करिब करिब १० प्रतिशतको हाराहारीमा कर एवम राजस्व वृद्धि भएको बताएका छन् । विहीबार काठमाडौंमा आयोजित गोरखापत्र डिस्कोर्समा उनले आर्थिक गतिविधि लयमा फर्किएको भन्दै असोज, कार्तिक, मंसिर र पुषको आजको अवधिसम्म आइपुग्दा करिब १० प्रतिशतको हाराहारीमा कर, राजस्व वृद्धि भएको बताए ।

    Advertisement

    उनले भने, ‘अर्थतन्त्रमा आर्थिक गतिविधिहरु चलायमान छन् कि छैनन्, उत्पादनका कामहरु बढेका छन् कि छैनन्, आम उपभोक्ताको मनोबल बढेको छ कि छैन भन्ने सूचकहरु मूलभूत रुपमा सरकारको कर र राजस्व संकलन साथै भन्सारमा भइरहेको संकलनले संकेत गर्छ । यि सबै हेर्दा गएको तीन महिनाको अवधिमा भदौ महिनामा अलि कम भएपनि असोज, कार्तिक, मंसिर र पुषको आजको अवधिसम्म आइपुग्दा करिब करिब १० प्रतिशतको हाराहारीमा कर, राजस्व वृद्धि भएको देखिन्छ ।’

    यस्तै, उनले भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाल अनिश्चितताको भूमरीमा फस्यो अर्थतन्त्र ध्वस्त भयो भन्ने अवस्थाबाट ९० दिनको अवधिमा निकै छिटो गतिले पुनःउत्थान, पुननिर्माण र आशा जगाउने बाटोमा अगाडि बढेको पनि बताए ।

    उनले भने, ‘भदौ २३ र २४ गतेको अवस्था पार गरेर आजसम्म आइपुग्दा रिकभरीको शान्त तरिकाले बहस गर्ने अवस्थामा आइपुगेका छौं । यो नेपालीहरुको कुनैपनि संकटबाट तत्काल मुक्त हुने सामथ्र्यको एउटा प्रतिक हो । यस्तो प्रतिकले के पनि संकेत गर्छ भने हाम्रा आर्थिक गतिविधिहरु चलायमान छन् । दुई घटनापछि एक हप्तामा नेपालीहरुले अनुमानमा अनिश्चितताको भूमरीमा फस्यो, अर्थतन्त्र ध्वस्त हुन्छ र नागरिकहरु बिचल्लीमा हुन्छ भन्ने थियो तर ९० दिनको अवधिमा निकै छिटो गतिले पुनःउत्थान, पुनःनिर्माण र आशा जगाउने बाटोमा अगाडि बढेका छौ ।’

    पर्यटकको संख्या पनि बढ्दै गएको पनि उनको भनाई छ । सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले सरकारले ठूलो खर्च गर्न आँट गर्नसक्ने हो भने बैंकिङ् क्षेत्रबाट सहयोग गर्न तयार रहेको बताएका छन् ।

    उनले भने, ‘सरकारले ठूलो खर्च गर्न आँट गरोस । बैंकिङ् क्षेत्रबाट हामीले गर्नुपर्ने सहयोग गर्छौ भनेर भनिरहेका छौ । उर्जा क्षेत्र, यातायातमा पनि खर्च गर्न कोशिस गरौं । यातायात पनि यो भन्दा धेरै राम्रो बनाउन सकिन्छ । यसमा धेरै सम्भावना छ । त्यसको लागि राष्ट्र बैंकबाट पनि सहजीकरण गर्न तयार छौं ।’ उनले सबै व्यवसायीहरुलाई उच्च मनोबल लिएर काम गर्न आग्रह गर्दै यो भन्दा प्रतिकूल अवस्थामा पनि देशहरु चलिरहेको पनि बताए ।

    बिहिबार, पुष ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली
    एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो
    एमाले अध्यक्षमा ओलीको ह्याट्रिक
    ४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)
    गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने
    एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    भर्खरै

    • १.
      निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

    • २.
      एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो

    • ३.
      एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

    • ४.
      ४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

    • ५.
      कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

    • ६.
      गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

    • ७.
      एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

    • ८.
      पूराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.