• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

पासाङ शेर्पाको उम्मेदवारी खारेज

निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा

देउवा र शेखरबीच भेटवार्ता, क्रमसंख्या उल्लेख नभएको फारमबारे छलफल

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ४. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ७. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ८. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ९. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • १०. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा


  •   मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
  • १ पुस, काठमाडौं । २१ फागुनमा प्रतिनिधिसभा चुनाव गर्न सकिनेबारे सुरक्षा निकायले ब्रिफिङ गरेका छन् ।

    Advertisement

    तालुक गृह मन्त्रालयलाई सुरक्षा निकायका प्रमुखहरूले केही दिनअघि मात्रै यसबारे ब्रिफिङ गरेका हुन् । चुनावको मिति नजिकिएसँगै चुनावी सुरक्षा रणनीतिमा गृह मन्त्रालयले तीव्र रूपमा काम गरिरहेको छ ।तर, केही राजनीतिक दलले भने २१ फागुनमै चुनाव गर्न सुरक्षाका दृष्टिले निकै संवेदनशील रहेको दाबी गर्दै आएका छन् ।

    कारागारबाट फरार कैदी, हिरासतका थुनुवा, ठूलो मात्रामा लुटिएका हतियार र हराएका गोलीगट्ठाका कारण चुनाव चुनौतीपूर्ण हुने भन्दै २१ फागुनमा चुनाव गर्दा सुरक्षा चुनौती बढ्ने दलहरूले बताउँदै आएका छन् ।तर, सुरक्षा निकायहरूले यसलाई ठूलो सुरक्षा चुनौतीको रूपमा लिन नहुने तर्क गरेका छन् । नेपाल प्रहरीका १ हजार २७१ हतियार लुटिएकोमा अहिले धेरै हतियार फिर्ता आइसकेको बताइएको छ ।

    अहिले फेला नपरेका हतियारमध्ये केही भने प्रदर्शनकारीहरूले खोलानाला तथा झाडीतिर फालेको र केहीले मात्रै न्यून मात्रामा लुकाएर राखेको हुनसक्ने सुरक्षा निकायको विश्लेषण छ ।

    ‘धेरै हतियार फिर्ता आइसकेका छन् । केही हतियार हराएका छन् । तीमध्ये केही हतियार कुनै आपराधिक पृष्ठभूमिका व्यक्तिले लुकाएका होलान् । बाँकी हतियार भने फालिसकेको विश्लेषण हामीले गरेका छौं,’ मन्त्रालयमा ब्रिफिङ गर्ने क्रममा एक सुरक्षा प्रमुखले भने ।त्यसैगरी, अहिले कागारबाट फरार कैदीहरूलाई पनि ठूलो सुरक्षा चुनौतीको रूपमा लिइएको छ । यसबारे पनि सुरक्षा निकायको धारणा फरक छ ।

    करिब १४ हजार कैदीबन्दी फरार भएकोमा करिब १० हजारको हाराहारीमा नियन्त्रणमा आइसकेका छन् । अहिले पाँच हजारभन्दा कम कैदी बन्दी मात्रै फरार छन् । ती मध्ये केही भारतलगायत विदेशी कैदी पनि छन् ।

    उनीहरूबाट चुनावमा सुरक्षा चुनौती हुनसक्ने विश्लेषण सुरक्षा निकायको छैन । बाँकी रहेका नेपाली कैदीहरूबाट चुनावमा भन्दा पनि अन्य दुई पक्षलाई बढी सुरक्षा खतरा रहेको सुरक्षा निकायको विश्लेषण छ । जसमा जाहेरवाला तथा पीडित पक्ष र अर्को भनेको न्याय क्षेत्रका व्यक्ति तथा न्यायाधीहरू हुन् ।

    ‘धेरै कैदी नियन्त्रणमा आइसकेका छन् । फरार रहेकामध्ये केहीले देश छाडिसकेका छन् । यतै बस्ने पनि लुकेर बसेका छन्, अहिले पनि बाहिर निस्कन सक्ने अवस्था छैन । यदि चुनावको बेला बाहिर निस्के सुरक्षा निकायले तत्कालै समाइहाल्छ । जसका कारण फरार कैदीहरूबाट जाहेरवाला पक्ष र न्याय क्षेत्रका व्यक्तिमाथि मात्रै थ्रेट छ,’ सुरक्षा निकायको ब्रिफिङ छ ।

    कैदी र हतियारभन्दा पनि चुनावमा दल र जेनजीहरूबाटै बढी सुरक्षा चुनौती रहेको सुरक्षा निकायको बुझाइ छ । चुनावमा भाग लिने-नलिने भन्ने दलहरू, जेनजी समूहबीच हुनसक्ने झडप नै अहिलेको ठूलो सुरक्षा चुनौती रहेको सुरक्षा निकायको बुझाइ छ ।

    गृहमन्त्री ओमप्रकाश अर्यालले पनि २१ फागुनमा चुनावको विकल्प नरहेको बताउँदै आएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मन्त्री अर्यालले सोमबार भने, ‘तोकिएकै मितिमा चुनाव सम्पन्न गर्दै निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको प्रमुख दायित्व हो ।’

    मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग
    महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट
    पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
    पासाङ शेर्पाको उम्मेदवारी खारेज
    निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो
    एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ४.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    भर्खरै

    • १.
      नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

    • २.
      महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

    • ३.
      पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

    • ४.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ५.
      निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    • ७.
      भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

    • ८.
      सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.