दर्शकबृन्द,नेपाल प्रहरी जस्तो गरिमामय पदमा बसेर पनि आफ्नै छोराको हत्या आरोपमा असई पुष्कर कार्की पक्राउ परेका छन्। हत्या गरेर भागिरहेको अवस्थामा नागढुंगामा पक्राउ परेका कार्कीलाई परिसरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।कार्कीले आइतबार दिउँसो सिनामंगलस्थित आफ्नो डेरा कोठामा घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरी स्रोतले बताएको छ ।ब्रेन ट्युमरको उपचार गराइरहेका छोराको उपचारका क्रममा श्रीमती कृष्णा कुँवरसँग पुष्करको विवाद भएको थियो ।त्यसपछि उनले छोराको हत्या गरेको प्रहरीले बताएको छ ।श्रीमती कृष्णा कुवर पनि प्रहरी जवान हुन् । दुवै जना अहिले काठमाडौंस्थित विमानस्थलमा कार्यरत छन् । श्रीमतीलाई समेत कुटपिट गरेर घाइते बनाएकाले अहिले कृष्णालाई उपचारका लागि महाराजञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।दिनप्रति दिन घटिरहेका यस्ता घतानाहरुले समाजमा निकै गहिरो प्रभाव पारिरहेको छ।हत्याको मुख्य कारण खुल्न भने बाकि छ अहिलेसम्म श्रीमती संगको बिबादलाइ नै घटनाको प्रारम्भिक कारण देखाइएको छ।अझै पनि समाजमा सामाजिक जनचेतना,असिक्षा अज्ञानताको कमि देखिन्छ।यस्ता घटनाहरुप्रति सरकारले चनाखो र उचित ध्यानाक्रशण हुन् जरुरि छ।
तपाईको प्रतिक्रिया

