• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, मङि्सर २८, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो

चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै

महाधिवेशनको मञ्चमै पल्टियो निर्णय, एमालेमा पदाधिकारी १९, स्थायी कमिटी पुरानै

चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा

‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ७. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ८. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

  • ९. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • १०. अनेक धक्का चिरेर पनि एमाले धरहरा जस्तै उठ्छ : प्रदीप ज्ञवाली

गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,


  •   मङ्गलबार, कार्तिक ११, २०८२ मा प्रकाशित
  • ११ कात्तिक, काठमाडौं । सरकार गठनमा निर्णायक भूमिका खेलेका काठमाडौं मेयर बालेन शाहले यसबीचमा प्रधानमन्त्री सुशीला कार्कीलाई दुईपटक भेटिसकेका छन् । उनी संघीय सरकारका प्रमुखलाई भेट्न यसअघि आनाकानी गर्दै आएका पालिका प्रमुख हुन् ।

    Advertisement

    सरकारका एक मन्त्रीका अनुसार केही दिनअघि उनले फेरि प्रधानमन्त्री कार्कीलाई भेटे । अघिल्लोपल्ट कुमार बेनसहित सौहार्द गफ गरी फर्केका उनले यसपल्ट एक्लै बालुवाटार गए । सरकारमाथि दबाब बढाउने गरी प्रस्तुत भएका उनले आफ्ना चार सरोकारहरु कार्कीसँग राखे ।

    एक, जेनजी आन्दोलनमा दमनको निर्देशन दिने तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल गिरफ्तार गर्नुपर्ने ।

    दुई, दुर्गा प्रसाईलाई पक्रेर उनका गतिविधि नियन्त्रण गर्नुपर्ने ।

    तीन, सरकारका मन्त्रीहरुको समग्र कार्यक्षमता र गतिमा ढिलाइ, जेनजी मन्त्री चयन ।

    चार, गृहमन्त्री ओमप्रकाश अर्यालको बिदाई । गणपतिलाल श्रेष्ठको नामबारे चासो ।

    कार्कीले प्रधानमन्त्री चुन्न निर्णायक भूमिका खेलेका बालेनले राखेका प्रस्तावहरु जेनजी युवाहरुकै प्रतिनिधि प्रस्तावजस्तो भए पनि प्रचलित कानुन र आन्दोलनको भावना दुवै तालमेल मिलाउँदै अघि बढ्ने आफ्नो प्रयास हुने बताएकी थिइन् । ‘आन्दोलनको भावना सम्बोधन गर्दा कानुन बिर्सन भएन, कानुन हेर्दा युवाको माग बिर्सन भएन,’ कार्कीले बालेनलाई भनेकी थिइन्, ‘ओली, लेखक वा अरु जोकोहीमाथि कारबाही गर्नैका लागि गौरीबहादुर कार्कीको आयोग बनेको छ । त्यसलाई पहिले जाँचबुझ गर्न दिउँ ।’

    स्रोतका अनुसार त्यसअघि प्रधानमन्त्री कार्कीले डाकेको सर्वदलीय बैठकमा उनी तथा मन्त्रीहरुको प्रस्तुतिलाई लिएर समेत बालेनले चासो राखेका थिए । आन्दोलनकारी पक्षको समर्थनमा प्रधानमन्त्री तथा मन्त्री बनेका व्यक्तिले सरकारको कमजोरी उदांगो पार्नेगरी बोल्दा दलका प्रतिनिधिहरुले कम आँक्न थालेको उनको भनाइ थियो ।

    बालेनको भनाइ थियो– ‘मुख्य कुरा अहिले फेरि आन्दोलन जुलुसको तयारी देखिन्छ । दुर्गा प्रसाईलगायत समुहरुले आन्दोलनको कुरा गर्दैछन्, तर सरकारको तयारी चाहिँ फितलो देखियो ।’

    यसैसँग जोडेर उनले ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई तत्काल गिरफ्तार गरिहाल्न समेत माग गरेका छन् । प्रसाईले अहिलेको सरकार बाह्य इशारामा बनेको तथा चलेको भन्दै आन्दोलन चर्काउने चेतावनी दिन थालेका छन् । प्रसाईले निरन्तर आफू लगायत केही व्यक्ति लक्षित भड्काउ अभिव्यक्ति दिएको भन्दै बालेनले तुरुन्तै निगरानी तथा नियन्त्रणमा लिनुपर्ने माग गरेका थिए ।

    कार्कीले भने बोलेकै आधारमा, सानातिना गतिविधिकै आधारमा पहिल्यै पक्राउ गर्न कानुनी कठिनाइ पर्ने भन्दै सीमा सम्झाउन खोेजेकी थिइन् । प्रसाईले आपत्तिजनक काम गरेमा सरकार पछि नपर्ने भन्दै अहिले संयम हुन कार्कीले बालेनलाई आग्रह गरेको उनी निकट स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

    प्रधानमन्त्रीसँग मेयर बालेनले सरकारका मन्त्रीहरुमा राजनीतिक परिवर्तनपछिको संक्रमण व्यवस्थापन गर्ने हतारो कम देखिएको भन्दै गति बढाउन निर्देशन दिनुपर्ने आग्रह गरे । उनले मन्त्रीहरुमा नियमित समयको मन्त्री भएको जस्तो अनुभूति देखिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

    बालेनले कार्कीलाई भेट्दाको बेलासम्म जेनजीका तर्फबाट मन्त्रीको नाम गइसकेको भए पनि नियुक्ति भएको थिएन । सरकारले युवामध्येबाट गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनारको नाम अघि बढाउने क्रममा थियो । बालेनले संस्कृति र सम्पदा क्षेत्रमा काम गर्दै आएका गणपतिलाल श्रेष्ठबाट महानगरका कतिपय काममा असहयोग भइरहेको गुनासो गरेका थिए । उनले श्रेष्ठ र सुनारको नाम नतोकी विवादित पृष्ठभूमिहरु र उठबसहरुबारे थप अध्ययन गरेर अघि बढ्दा राम्रो हुने आग्रह गरेका थिए ।

    प्रधानमन्त्रीसँग बालेनले भेटका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीबारे गम्भीर चासो राखेका थिए । विगतमा सुशासनका थुप्रै एजेन्डाहरुमा सक्रिय नागरिक पैरवी तथा वकालत गर्दै आएका गृहमन्त्री अर्याल मन्त्रीका रुपमा भने खरो उत्रिन नसकेको बालेनको गुनासो थियो ।

    यसअघि काठमाडौं महानगरका कानुनी सल्लाहकार रहेका अर्याललाई बालेनकै प्रस्तावमा मन्त्री बनाइएको चर्चा हुने गरे पनि यथार्थ त्यसभन्दा भिन्न देखिन्छ । मन्त्री अर्याल स्वयंले आफूलाई बालेन प्रतिनिधिजस्तो गरी चर्चा हुने गरे पनि सर्वदलीय बैठकमा त्यसभन्दा भिन्न ढंगले पेश भएका थिए ।

    स्रोतहरुका अनुसार महानगर सल्लाहकार हुन अर्याल गएका भए पनि बालेनसँग उनको विरलै भेट भएको थियो । अर्यालले आफू व्यावसायिक व्यक्ति भएकाले त्यसभन्दा बढ्ता अपेक्षा नगर्न र बालेनका अरु गतिविधिसँग जोडेर कनेक्सन नखोज्न समेत आग्रह गरेका थिए ।

    क्याबिनेटमा अर्यालको खोजी स्वयं सुशीला कार्कीले नै गरेकी थिइन् ।

    अर्यालले आफू प्रधानमन्त्री को सल्लाहकारमात्रै हुन चाहे पनि परिस्थितिले मन्त्री बनाएको भन्दै अहिले विभिन्न आशंकाहरु जन्माइएकामा दिक्दारीसमेत पोखेका थिए । ‘मलाई समयमा चुनाव गराएर जिम्मेवारी कहिले बिसाउँजस्तो भइरहेको छ,’ अर्यालले अघिल्लो साता अनलाइनखबरसँग भनेका थिए ।

    उनले यस्तै प्रकृतिका भनाइहरु विभिन्न दलका प्रतिनिधिसँगको संयुक्त बैठकमा राखेका थिए । प्रधानमन्त्री कार्कीले पनि अर्यालकै जोडबल तथा भूमिकाको कारण आफू प्रधानमन्त्री बनेको उक्त संयुक्त बैठकमा खुलस्त राखेकी थिइन्, जसकारण बालेनले आफूलाई महत्व नदिइएको महसुस गरेका छन् ।

    ‘गृहमन्त्रीले प्रचलित कानुन देखाएर युवाहरुको अपमान गर्न खोज्नुभयो, यत्रो शहीद हुँदा कुन कानुन हेरिएको थियो ? दोषीलाई पक्रिनु पर्दैन ?’ बालेनको प्रश्न थियो ।

    बालेनले सरकारले विद्रोहको म्यान्डेट कार्यान्वयन नगरे अप्रिय परिस्थिति आउन सक्ने बताएको समेत स्रोतले बताएको छ । onlinekhabar बाट

    मङ्गलबार, कार्तिक ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय
    ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन
    बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र
    एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने
    एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो
    चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    भर्खरै

    • १.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • २.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ३.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    • ४.
      एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

    • ५.
      एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो

    • ६.
      चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै

    • ७.
      महाधिवेशनको मञ्चमै पल्टियो निर्णय, एमालेमा पदाधिकारी १९, स्थायी कमिटी पुरानै

    • ८.
      चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.