• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ६. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ९. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • १०. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

आत्मसमीक्षा गरेर युवाको चाहनाअनुसार दलहरू अघि बढ्नुपर्छ : विद्या भण्डारी


  •   शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
  • पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीले सबै राजनीतिक दलले आत्मसमीक्षा गर्नुपर्ने औंल्याएकी छन् । जेनजी आन्दोलनका घाइते भेट्न प्रहरी अस्पताल पुगेकी उनले बाहिरिने क्रममा नयाँ पुस्ता के चाहन्छन्, देश र युगले के मागेको छ, त्यो अनुसार अघि बढ्नुपर्नेमा जोड दिइन् ।

    Advertisement

    ‘मैले आन्दोलनलगत्तै यो सबै कुराहरू भनेको छु । शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देश भनेर विश्वले चिनेको देश । तर, यस्तो आगजनी, तोडफोड राज्यका सर्वोच्च अंगहरुमा किन त्यस्तो भयो ? २३ गतेको घटनाको मात्रै रियाक्सन हो अथवा यो प्रायोजित थियो भन्ने कुरा चाहिँ हामीले हेर्नुपर्छ’, भण्डारीले भनिन् ।

    उनले पूर्वाग्रह, बदलाको भावना, प्रतिशोधको भावनामा नबही राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखेर काम गर्न नेता र नागरिकलाई आग्रह गर्दै आफू पनि त्यही गर्ने बताइन् ।

    नेतृत्व सच्चिनुपर्ने अवस्था आइलाग्यो अब चाहिँ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘अब सबै… नेकपा एमालेमात्रै होइन, अरु पार्टीका नेतृत्वले… सबै-सबैले आत्मसमीक्षा गर्नुपर्छ ।’

    भण्डारीले थपिन्, ‘राष्ट्रपति कार्यालय, सिंहदरबार, सर्वोच्च अदालत, पार्लियामेन्ट भवन, सारा देशभरि सरकारी अफिस, प्रहरी कार्यालयमाथिको विध्वंसको रहस्य के हो ? एकै दिनमा, एकै समयमा देशभरि कसरी आगो दन्कियो ? यो चाहिँ हामी नेपालीले बुझ्नुपर्ने र नेपाललाई माया गर्ने सबैले बुझ्नुपर्ने विषय छ ।’

    भण्डारीले आफ्नो घर आन्दोलनकारीबाट आगजनी र लुटपाट गरिएको प्रसंग पनि निकालिन् ।

    ‘मैले त हामी गाउँमा बस्छौँ । रिङरोड बाहिर हो । कुनै आक्रमण हुन्छ भन्ने मैले चाहिँ सोचेको थिइनँ । म निश्चिन्त भएर बसेँ उहाँहरुको मागलाई सरकारले सुन्दिनुपर्छ भन्नेमै थिएँ । त्यस्तै पर्‍यो भने नेतृत्व परिवर्तन गरेर भएपनि अगाडि बढ्नुपर्छ भन्ने हिसाबले म त समाचार हेरेर बसिराखेको थिएँ’, उनले भनिन्, ‘तर, एक्कासी चाहिँ पहिले अब ढुंगामुढा, तोडफोड भयो । र, आगजनी गर्ने अवस्था भएपछि मसँग अब ८६ वर्षको वृद्ध आमा हुनुहुन्थ्यो । बिरामी बहिनी थिइन् । उहाँहरुलाई जोगाउनुपर्ने कर्तव्य पनि हुनाले, आर्मीको टोली लिडरले एकदम विध्वंसमा उत्रिने भए, निस्किनुपर्छ भन्ने खालको सल्लाह भएपछि हामी निस्कियौँ । हामी हुँदाहुँदै करिब-करिब आगलागी भइसकेको थियो । केही पनि त्यहाँबाट झिक्ने भन्ने कुरा भएन । तीन दिनसम्म आन्दोलनकारीका नाममा को-को हुन्, गएर आगजनी, तोडफोड, लुटपाट गरिरहे।’

    उनले राष्ट्रपति हुँदा देश-विदेशका विशिष्ट व्यक्तिले दिएको चिनो, उपहार हुन्छ एउटा सानो संग्रहालय बनाएर आउने पुस्ताको लागि हेर्न हुन्छ भनेर कलेक्सन गरेर राख्ने सोच भए पनि ती सबै जलेको सुनाइन् ।

    शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा
    राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता
    “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”
    “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”
    राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ६.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    भर्खरै

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ३.
      राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

    • ४.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • ५.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ७.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ८.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.