• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, साउन ०८, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सरकारी वकिलको कार्यालयमा हाजिर हुने सर्तमा बेदिका केसी राति नै हिरासतबाट रिहा

आज ३ संसदीय समितिको बैठक बस्दै

बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ५. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ८. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

आत्मसमीक्षा गरेर युवाको चाहनाअनुसार दलहरू अघि बढ्नुपर्छ : विद्या भण्डारी


  •   शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
  • पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीले सबै राजनीतिक दलले आत्मसमीक्षा गर्नुपर्ने औंल्याएकी छन् । जेनजी आन्दोलनका घाइते भेट्न प्रहरी अस्पताल पुगेकी उनले बाहिरिने क्रममा नयाँ पुस्ता के चाहन्छन्, देश र युगले के मागेको छ, त्यो अनुसार अघि बढ्नुपर्नेमा जोड दिइन् ।

    Advertisement

    ‘मैले आन्दोलनलगत्तै यो सबै कुराहरू भनेको छु । शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देश भनेर विश्वले चिनेको देश । तर, यस्तो आगजनी, तोडफोड राज्यका सर्वोच्च अंगहरुमा किन त्यस्तो भयो ? २३ गतेको घटनाको मात्रै रियाक्सन हो अथवा यो प्रायोजित थियो भन्ने कुरा चाहिँ हामीले हेर्नुपर्छ’, भण्डारीले भनिन् ।

    उनले पूर्वाग्रह, बदलाको भावना, प्रतिशोधको भावनामा नबही राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखेर काम गर्न नेता र नागरिकलाई आग्रह गर्दै आफू पनि त्यही गर्ने बताइन् ।

    नेतृत्व सच्चिनुपर्ने अवस्था आइलाग्यो अब चाहिँ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘अब सबै… नेकपा एमालेमात्रै होइन, अरु पार्टीका नेतृत्वले… सबै-सबैले आत्मसमीक्षा गर्नुपर्छ ।’

    भण्डारीले थपिन्, ‘राष्ट्रपति कार्यालय, सिंहदरबार, सर्वोच्च अदालत, पार्लियामेन्ट भवन, सारा देशभरि सरकारी अफिस, प्रहरी कार्यालयमाथिको विध्वंसको रहस्य के हो ? एकै दिनमा, एकै समयमा देशभरि कसरी आगो दन्कियो ? यो चाहिँ हामी नेपालीले बुझ्नुपर्ने र नेपाललाई माया गर्ने सबैले बुझ्नुपर्ने विषय छ ।’

    भण्डारीले आफ्नो घर आन्दोलनकारीबाट आगजनी र लुटपाट गरिएको प्रसंग पनि निकालिन् ।

    ‘मैले त हामी गाउँमा बस्छौँ । रिङरोड बाहिर हो । कुनै आक्रमण हुन्छ भन्ने मैले चाहिँ सोचेको थिइनँ । म निश्चिन्त भएर बसेँ उहाँहरुको मागलाई सरकारले सुन्दिनुपर्छ भन्नेमै थिएँ । त्यस्तै पर्‍यो भने नेतृत्व परिवर्तन गरेर भएपनि अगाडि बढ्नुपर्छ भन्ने हिसाबले म त समाचार हेरेर बसिराखेको थिएँ’, उनले भनिन्, ‘तर, एक्कासी चाहिँ पहिले अब ढुंगामुढा, तोडफोड भयो । र, आगजनी गर्ने अवस्था भएपछि मसँग अब ८६ वर्षको वृद्ध आमा हुनुहुन्थ्यो । बिरामी बहिनी थिइन् । उहाँहरुलाई जोगाउनुपर्ने कर्तव्य पनि हुनाले, आर्मीको टोली लिडरले एकदम विध्वंसमा उत्रिने भए, निस्किनुपर्छ भन्ने खालको सल्लाह भएपछि हामी निस्कियौँ । हामी हुँदाहुँदै करिब-करिब आगलागी भइसकेको थियो । केही पनि त्यहाँबाट झिक्ने भन्ने कुरा भएन । तीन दिनसम्म आन्दोलनकारीका नाममा को-को हुन्, गएर आगजनी, तोडफोड, लुटपाट गरिरहे।’

    उनले राष्ट्रपति हुँदा देश-विदेशका विशिष्ट व्यक्तिले दिएको चिनो, उपहार हुन्छ एउटा सानो संग्रहालय बनाएर आउने पुस्ताको लागि हेर्न हुन्छ भनेर कलेक्सन गरेर राख्ने सोच भए पनि ती सबै जलेको सुनाइन् ।

    शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ५.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      सरकारी वकिलको कार्यालयमा हाजिर हुने सर्तमा बेदिका केसी राति नै हिरासतबाट रिहा

    • २.
      आज ३ संसदीय समितिको बैठक बस्दै

    • ३.
      बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार

    • ४.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • ५.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ६.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ७.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ८.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.