काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता नबोलाए अन्य प्रक्रियाबाट कदम चाल्ने चेतावनी दिएका छन् ।
महामन्त्री थापा र शर्माले विज्ञप्ति निकालेर प्रधानमन्त्री केपी शर्माले पदत्याग गरेर राष्ट्रिय सहमतिको निर्माण गर्नुपर्ने बताएका छन् ।