बुटवल। जेनजी युवा विद्यार्थीको प्रदर्शनका क्रममा रुपन्देहीको सैनामैनाका मेयर फणिन्द्र शर्माको घर घेराउ भएको छ।
यसअघि नगरपालिकाको प्रशासकीय भवन घेराउ गर्न गएका युवा विद्यार्थीलाई सुरक्षाकर्मीले रोकेपछि उनीहरुले सैनामैना ३ मुर्गियास्थित मेयर शर्माको घर घेराउ गरेका हुन्।

