काठमाडौँ। बेलायतमा सक्रिय नेपाली समुदायका १० जना सामाजिक व्यक्तित्वलाई ‘वर्ष व्यक्तित्व २०२५’ घोषणा गर्दै सम्मान गरेको छ ।
लन्डननस्थित स्ट्यानवेल कम्युनिटी हलमा आयोजित नेपालब्रिटेन डट कम को १८ औं वार्षिकोत्सवको अवसरमा उनीहरूलाई मिडिया पर्सनालिटी अफ द इयर २०२५ सम्मान प्रदान गरिएको हो ।
यस वर्ष रुबी राउत, डा. विशाल गरुङ, विकास नेपाल, सुनिल खड्का, दिवाकर पाण्डे, महेश अधिकारी, पुरन गिरी, डा. रक्षा थापा, रण केसी र डा. दिलिसा सिम्खडालाई सम्मान गरिएको हो । त्यस्तै, बेलायतमा सक्रिय चारभन्ज्याङ तमू समाज यूकेलाई ‘वर्षको उत्कृष्ट सामाजिक संस्था’ का रूपमा सम्मान गरिएको थियो ।